ज्योति विकास बैंकले शुरु गर्यो प्रिपेड डलर कार्ड सेवा

ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक प्रिपेड डलर कार्डको शुभारम्भ गरेको हो । योसँगै अब सेवाग्राही ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै अप्लाई गरी १ दिनभित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।  बैंकले यहि मिति २०७८ साल मंसिर १९ गते देखि डिजिटल बैंकिङ सेवालाई लाई थप प्रबद्र्धन गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वाप