एनएमबी बैंकको भर्चुअल अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड

काठमाडौं (अस) । एनएमबी बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड जारी गरिरहेको बताएकोे छ । तर, वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने सुविधा मिलाएको छ । बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डका लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवा जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तानी गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ । हाल बैंकले १८१ शाखा, १३६ एटीएम, ९ एक्सटेन्सनबाट बैंकिङ सेवा दिँदै आएको छ ।