काठमाडौं : नेपालको पहिलो उच्च शिक्षा दिने संस्था हो त्रिचन्द्र कलेज। यसको स्थापना भएपछि नै नेपालमा विधिवत् रूपमा उच्च शिक्षा आरम्भ भएको इतिहास छ। तर हाल संरक्षण अभावले अहिले यो जीर्ण बनेको छ। भवनमा झार उम्रिएको छ। वरिपरि झारले ढाक्न थालेको छ। २०७२ को भूकम्पले कतै भवन चर्किएको छ भने कतै भत्किसकेको छ। कलेजसँगै टाँसिएकाे ऐतिहासिक घण्टाघरकाे पनि हालत त्यही अवस्थामा छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुन:स्थापना