नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारका मन्त्रीहरू नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाएका छन् । उनले स्वदेशमै रोजगारी दिन सक्ने कानुन निर्माण गर्न आफूले संसद्मा आवाज उठाउने बताए । शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘संसद् भनेको कानुन बनाउने ठाउँ हो, यदि एउटा कानुन राम्रो बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्