नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको प्रयोजन सकिएको दाबी गरेका छन् ।
प्रतिनिधि सभा चल्नै नसक्ने अवस्थामा पुगेको बताउँदै अब मुलुकको निकास ताजा जनादेश रहेको धारणा राखे ।
नेकपा एमाले स्याङ्जा–रूपन्देही सम्पर्क समाजद्वारा बुटवलमा आयोजित प्रथम भेलालाई शुक्रवार सम्बोधन गर्दै पौडेलले भने, ‘प्रतिनिधिसभा कामै गर्न नसक्ने अवस्थामा पुगेको छ । प्रतिनिधिसभा अब चल्न सकेन । बैठक बस्छ स्थगित हुन्छ । मन्त्रीहरू दौडेर रोष्टममा पुग्छन् । यस्तो हालतबाट सभा चल्न सक्दैन त्यसैले प्रतिनि...