एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु पार्टीले ‘कु’ गरेको शैलीमा हटाउन खोजेको भन्दै नेतृत्वप्रति असन्तुष्ट छन् । मन्त्री सिफारिस भएर पनि तत्काल शपथ लिन नपाउनेहरुको असन्तुष्टि त्यो भन्दा चर्को छ । सहरी विकासमन्त्रीमा सिफारिस भएका मेटमणि चौधरी त पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरे गठबन्धनको कोर्स नै बदलिने दाबी गर्छन् ।