सदस्य राष्ट्रहरुबीच सहमति नहुँदा सार्कलाई सक्रिय बनाउन सकिएन : परराष्ट्र सचिव पौडेल

२४ पुस, काठमाडौं। परराष्ट्र मन्त्रालयले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउनका लागि प्रयत्नहरु जारी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन् । आइतबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रहरुबीचको […]

सम्बन्धित सामग्री

परराष्ट्र सचिव पौडेल मन्त्रीसरह मर्यादासहित क्यानडाको राजदूतमा सिफारिस

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

जनशक्ति अभावले नेपाली दूतावासले काम गर्न सकेनन् : सचिव पौडेल

काठमाडौँ : परराष्ट्र सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा जनशक्ति कमी हुँदा आवश्यक काम गर्नै अप्ठ्यारो भएको खुलासा गरेका छन्। बिहीवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले विदेशस्थित नेपाली दूतावासहरू सानो क्षमताका भएकाले क्षमता बढाई आगामी दिनमा संरचना सुधार गर्नुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा नागरिक पठाउने नेपालजस्तै अरू देशका दूतावासको क्षमता बढी रहेको दाबी गरे। उनले नेपालभित्रै रोजगारी सिर्जना गर्नसक्नुपर्ने बताए।उनले देशभित्रै लगानी

सार्कलाई सक्रिय बनाउन प्रयत्‍न गरिरहेका छौं: सचिव पौडेल

सार्कका सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ।...

परराष्ट्र सचिव पौडेल अमेरिका जाने

काठमाडौँ । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाइका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव पौडेल अमेरिका जाने

२ असोज, काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाईका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव पौडेल भारत भ्रमणमा जाने

परराष्ट्र सचिव भरतराज पौडेल दुई दिनका लागि भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा उनी भदौ २८ गतेदेखि भारत भ्रमणमा जाने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।भदौ २८ गते नै दुई देशको सचिवबीच भेटघाट हुनुको साथै दुई देशबीच हुने सहयोग तथा दुई पक्षीय मुद्दाको विषयमा छलफल हुने बताइएको छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणको क्रममा गरेका विभिन्न घोषणाहरूबारे के कस्तो प्रगति भए ती विषयमा पनि पौडेलको भ्रमणका क्रममा

परराष्ट्र सचिव पौडेल अर्को साता भारत जाने

२४ भदौ, काठमाडौैं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल अर्को साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणमा आगामी मंगलबार (२८ भदौ)मा भारत जाने छन् । भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच आपसी सहकार्यका विषयमा छलफल हुने परराष्ट मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव पौडेल २९ गते नेपाल फर्किनेछन् ।

परराष्ट्र सचिव पौडेल र अष्ट्रेलियाको विदेश मामिला सचिव जान एडम्सबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र अष्ट्रेलियाको विदेश मामिला र व्यापार विभागकी सचिव जान एडम्सबीच भेटवार्ता भएको छ । पौडेल र एडम्सबीच क्यानबेरामा भेट भएको हो । भेटमा द्विपक्षीय हितको बारेमा छलफल भएको र द्विपक्षीय सम्बन्ध अझै सुदृढ र बलियो बनाउन सहमति भएको क्यानबेरास्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी...