तेस्रो पटक आपतकाल लगाउँदै जापान

वैशाख ८, टोकियो (जापान) । जापान सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्न फेरि आपतकाल लगाउने भएको छ ।  संक्रमितको संख्यामा भएको उच्च वृद्धिका कारण टोकियो, ओसाका र ह्योगोका स्वास्थ्य क्षेत्रमा चाप बढेपछि चाँडै नै आपतकाल लगाउन लागिएको सरकारी स्रोतहरुले बताएका छन् । बुधवार अबेर प्रधानमन्त्री योशिहिदे सुगाले स्वास्थ्य प्रमुखहरु नोरिहिसा तामुरा र यासुतोशी निशिमुरासमेत सम्बन्धित अन्य मन्त्रीहरुसँग तेस्रो आपतकाल कस्तो हुनेछ भन्नेबारे छलफल गर्न भेट गर्ने बताइएको छ । ओसाका प्रिफेक्चरल सरकारले केन्द्र सरकारसँग आफ्नो प्रिफेक्चरमा आपतकाल घोषणा गरिदिन अनुरोध गरेको भोलिपल्ट यस्तो समाचार सार्वजनिक भएको हो ।  टोकियो महानगर सरकारले केही दिनमै यस्तो अनुरोध गर्ने योजना बनाइरहेको छ भने ह्योगोले बुधवार आफ्नो कार्यबलको बैठकमा यसबारे निर्णय गर्ने अनुमान गरिएको छ । ‘ओसाका प्रिफेक्चरको अनुरोधलाई विचार गरी अवस्थाको राम्रोसँग मूल्यांकन गर्ने अनि सम्भावित उपायहरुको अध्ययन गरेर हामीहरु छिट्टै निस्कर्षमा पुग्नेछौं,’ सुगाले संसदको सत्रमा भनेका थिए ।  टोकियो ओलम्पिक्स शुरु हुन तीन महीना मात्रै बाँकी रहेको अवस्थामा नयाँ आपतकाल लगाउन लागिएको छ । ताजा आपतकालले टोकियो ओलम्पिक्स र पारालिम्पिक्सको आयोजना प्रभावित नहुने सुगाले बताएका छन् । एजेन्सी   

सम्बन्धित सामग्री

चीनले ताइवानमाथि हमला गरे चुप रहनेछैन जापान र अमेरिका : जापानका पूर्व प्रम

जापानका पूर्व प्रधानमन्त्री  शिन्जो आबेले चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा बुझ्नुपर्ने बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा भनेका छन्, ‘ताइवानमा आपतकाल जापानको पनि आपतकाल हो । त्यस हिसाबले यो जापान–अमेरिका गठबन्धनका लागि आपतकालजस्तो स्थिति हुनेछ । चीनका जनता विशेषगरी राष्ट्रपति शी जिनपिङले पनि कहिल्यै यो भ्रम पाल्नु हुँदैन कि जापान र अमेरिकाले उनलाई साथ दिनेछन् ।&rsqu

जापानमा आपतकाल लम्ब्याएर मध्य–सेप्टेम्बरसम्म पुर्‍याइँदै

साउन ३२, टोकियो । जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न टोकियो समेत छ ओटा प्रिफेक्चरमा लगाएको आपतकालको म्याद लम्ब्याएर मध्य–सेप्टेम्बरसम्म पुर्‍याउन लागेको छ ।  आपतकाल अन्य क्षेत्रहरुमा पनि विस्तार गरिने सान्केई शिम्बुन दैनिक पत्रिकाले सोमबार समाचारमा भनेको छ । अहिलेको आपतकाल अगष्ट ३१ म समाप्त हुने क्रममा रहेको छ । तर कोरोना भाइरसको संक्रमणमा भइरहेको निरन्तरको वृृद्धिका कारण आपतकाल लम्ब्याउन सरकार बाध्य बनेको सरकारी स्रोतहरुको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ ।  प्रधानमन्त्री योशिहिदे सुगाले यसबारे मंगलवार विज्ञहरुको धारणा जान्ने बताइएको छ । आपतकालको म्याद थपसम्बन्धी औपचारिक निर्णय पनि सोही दिन गरिने समाचारमा उल्लेख छ ।  हालैका दिनमा जापानमा कोरोना भाइरसको संक्रमित दिनँहु कीर्तिमानी स्तरमा थपिरहेको समयमा यो निर्णय गर्न लागिएको हो । कोरोनाका गम्भीर बिरामीको संख्या पनि कीर्तिमानी स्तरमा उक्लिएको छ ।  सोमवार बिहानसम्ममा जापानभर संक्रमितको संख्या ११ लाख ५६ हजार ६३९ मा पुगेको छ । मर्नेको संख्या पनि १५ हजार ४२५ मा पुगेको छ । यो एक हप्ता अघिको तुलनामा १२८ धेरै हो । एक हप्तामै १०० जनाभन्दा धेरैको मृत्यु भएको यो पहिलो पटक हो । प्रिफेक्चरका आधारमा सबैभन्दा धेरै २ लाख ७९ हजार १३२ जना संक्रमित टोकियोका छन् । एक हप्ता अघिको तुलनामा यो २९ हजार ८४७ जना धेरै हो । यसलाई पछयाउने क्रममा ओसाका, खानागावा र साइतामा छन् । एजेन्सी

जापानका पाँच शहरमा आपतकाल घोषणा

होक्काइडो, क्योतो, इशिकावा, हयोगो र फुकौका लगायतका ठाउँमा संक्रमण नियन्त्रणमा राख्न सतर्कता उपाय कडाइका साथ लागू गर्ने जापान सरकारले जनाएको छ ।

ओलम्पिक खेल सुरु हुनुअघि टोकियोमा आपतकाल घोषणा

जापान सरकारले कोरोना संक्रमण रोक्न भन्दै टोकियोमा आपतकाल लगाउने घोषणा गरेको छ । आपतकाल ओलम्पिक खेलका क्रममा पनि जारी रहेन बताइएको छ

जापानले टोकियोसहित नौवटा प्रिफेक्चरमा कोभिड–१९ आपतकाल हटाउने

जापान सरकारले राजधानी टोकियोसहित नौवटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो

टोकियोमा सोमबारदेखि आपतकाल हटाउने निर्णय

जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ ।  जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो । यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।सरकारक

जापानले विस्तार गर्‍यो आपतकाल

जेठ २, टोकियो (जापान) । जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाएको आपतकाल थप तीन ओटा प्रिफेक्चरमा विस्तार गरेको छ । संक्रमितको संख्या बढेर स्वास्थ्य उपचार प्रणाली दबाबमा आएपछि होक्काइदो, ओकायामा र हिरोशिमामा आइतवारदेखि आपतकाल शुरु भएको हो । पछिल्ला दिनहरुमा यी तीन ओटा प्रिफेक्चरमा दैनिक संक्रमितको संख्या उच्च दरमा बढिरहेको छ । यसअघि केन्द्र सरकारले अप्रिल २५ मा १७ दिनको लागि टोकियो र अन्य तीन ओटा प्रिफेक्चरमा आपतकाल लगाएको थियो । तर सो अवधिमा ती क्षेत्रमा संक्रमितको संख्या खासै नघटेपछि आपतकालको म्याद थपेर यस महीनाको अन्त्यसम्म पुर्‍याइयो अनि थप तीन ओटा प्रिफेक्चरमा पनि यसलाई लागू गरियो । आपतकालअन्तर्गत प्रिफेक्चरभर स्थानीय बासिन्दाहरुलाई अत्यावश्यक बाहेक अन्य कामका लागि घर बाहिर नजान अनुरोध गरिएको छ । रेष्टुराँ र बार लगायतका व्यवसायहरुलाई सञ्चालन अवधि कम गर्न भनिएको छ । रक्सी बेचबिखन गर्ने र काराओके (गीत गाउने बार) पूर्णतः बन्द  गर्न भनिएको छ । संक्रमण बढेकाअन्य केही प्रिफेक्चरले पनि आफ्नो क्षेत्रमा आपलकाल लगाइदिन केन्द्र सरकारलाई अनुरोध गरेका छन् । एजेन्सी

कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा

कोरोना संक्रमण थप फैलिएपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरिएको छ।जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्ध मे महिनाको अन्त्यसम्म लागू हुने निर्णय गरेको छ।टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा देशका विभिन्न क्षेत्रमा आपतकाल लागू गरिएको हो। यो अवस्थाले तोकिएको समयमा टोकियो ओलम्पिक हुने नहुने अझ बढी शंका उत्पन्न गराएको छ।प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन्‌। टोकियो ओ

जापानमा ६ प्रान्तमा आपतकाल, ८ प्रान्तमा अर्ध आपतकाल लागू

टोकियो ओलम्पिक्स शुरू हुन अब तीन महीनाभन्दा कम समय बाँकी छ। तर कोरोना संक्रमितको संख्या बृद्धिले जापानलाई गहिरो चिन्ता थपिदिएको छ। यस्तोमा जापान सरकारले अहिले टोकियो, ओसाका, क्योतो र ह्योगो प्रान्तमा लगाइरहेको निधेषाज्ञा मे ३१ सम्म लब्याउने निर्णय गरेको छ। निधेषाज्ञा यसअघि मे ११ मा सकिदैं थियो।

आपतकाल लम्ब्याउने बारे सोच्दै जापान

वैशाख २२, टोकियो (जापान) । जापान सरकारले टोकियोसमेत केही मुख्य शहरी क्षेत्रमा लगाएको आपतकाल लम्ब्याउने बारे विचार गरिरहेको छ । यसबारे विविध स्रोतहरुलाई उद्धृत गर्दै स्थानीय र अन्तरराष्ट्रिय पत्रपत्रिकाहरुले बुधवार समाचार छापेका छन् । यसो भएमा जुलाईको अन्त्यतिर गर्ने भनिएको टोकियो ओलम्पिक्स यस पटक पनि नहुने हो कि भन्ने शंका बढ्नेछ । अधिकारी टोकियो, ओसाका, क्योटो र ह्योगोमा लगाएको आपतकाल मे ११ पछि पनि लम्ब्याउने सुरमा छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने लडाई जारी रहेकै बेलामा अधिकारीहरु आपतकालको म्याद थप गर्ने बारे विचार विमर्श गर्न पट्टीलागेको तीन स्रोतको भनाइ उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ । सरकारले छिटोमा शुक्रवारसम्ममा यसबारे निर्णय गर्ने बताइएको छ ।  बुधवार पनि प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना महामारी नियन्त्रणको जिम्मा पाएका मन्त्री र स्वास्थ्य मन्त्रीसमेतको टोलीसँग भेटवार्ता गरेका थिए । टोकियो ओलम्पिक शुरु हुन तीन महीनाभन्दा कम समयमात्रै बाँकी रहेको अवस्थामा आपतकालको समय थपगर्न लागिएको हो । यसले प्रतियोगिता यस पटक पनिभनेको समयमा होला कि नहोला भन्ने चासो उत्पन्न हुन थालेको छ । गत वर्ष पनि महामारीकै कारण प्रतियोगिता एक वर्ष पछाडि सारिएको थियो । संक्रमण बढ्दै गएपछि जनस्तरबाट पनि प्रतियोगिता रद्द गर्न वा स्थगित गर्न अनुरोध आउन थालेको छ । एजेन्सी