कात्तिक २६, काठमाडौं । वोमी लघुुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।
कम्पनीको बिहीवार अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४१ करोड १९ लाख ४४ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
यस वर्ष बोनस शेयरमा लाग्ने कर भने कम्पनीका शेयरधनीहरुले छूट पाउने छन् । यस कम्पनीले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया पुरा गरी आर्थिक वर्ष २०७७/ ७८ मै एकीकृत कारोबार शुरु गरेकाले आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छूट हुने भएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यो पनि हेर्नुस् :
वोमी लघुवित्तको नाफा १९५% बढ्यो, प्रतिशेयर आम्दानी रू. ४७.७५
३ करोडभन्दा बढी खराब कर्जा उठाएको वोमी लघुवित्तले कमायो १६ करोडभन्दा बढी नाफा