भदौ २३, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/ ७८ को लागि २५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।
कम्पनीका बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४१ करोड १२ लाख ७९ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
यस वर्ष बोनस शेयरमा लाग्ने करमा भने कम्पनीका शेयरधनीहरुले छूट पाउने भएका छन् । कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७७ साल असोज २५ गतेदेखि एकीकृत कारोबार गरेकाले प्राप्ति प्रयोजनका लागि बोनस शेयरमा लाग्ने करमा छूट पाउने भएको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।