बैङ्कमा पैसा रित्तिँदै, तरलता अभाव देखाएर ब्याजदर बढाउने दाउ

 बैङ्कहरूले तरलता अभाव देखाएर कर्जाको ब्याजदर बढाउने दाउ छोप्न लागेको बुझिएको छ । पछिल्लो समय बैङ्किङ कारोबारमा निक्षेप सङ्कलन दर ह्वात्तै घटेर गएको, तर कर्जाको माग बढ्दै गएकाले बजारमा लगानीयोग्य रकम (तरलता) अभाव हुने सङ्केत देखिएको भन्दै बैङ्कहरूले ब्याजदर बढाउने सङ्केत गरेका हुन् ।बैङ्क तथा वित्तीय संस्थाहरूले पछिल्लो समय जारी गरेका बैङ्किङ कारोबारको मासिक तथा साप्ताहिक प्रतिवेदनहरूमा समेत तरलता अभाव देखाएका छन् । गत सोमबारमात्र वाणिज्य बैङ्क (मुलुकभर पूर्ण बैङ्किङ कारोबार गर्ने

सम्बन्धित सामग्री

राष्ट्र बैंकले ब्याजदर नबढ्ने गरी तरलता व्यवस्थापन गर्ने

नेपाल राष्ट्र बैँकले ब्याजदर थप नबढ्ने गरी तरलता व्यवस्थापन गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो ।गत आर्थिक वर्षदेखि नै तरलता अभाव भइरहेको अवस्थामा राष्ट्र बैंकले तरलता प्रवाह गर्दा ब्याजदर नबढ्ने गरी प्रवाह गर्ने जानकारी दिएको हो । तरलता अभाव भएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लिने व्याजदर १८ प्रतिशतसम्म पुगेको छ ।ब्याजदर बढी भएको भनेर उद्योगी व्यवसायीले गुनासो गरिरहेको समयमा राष्ट्र बैंकले ब

ब्याजदर घटाउने अर्थमन्त्रीको योजनामा धक्का, हस्तक्षेप नगर्न अध्ययन समितिको सुझाव

२५ असोज, काठमाडौं । पछिल्लो महिनामा अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर घटाउन जोडबल मात्रै गरेनन्, त्यसका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन समिति नै बनाए । तरलता अभाव चर्किंदै गर्दा बैंकहरूले  ब्याजदर बढाएसँगै उद्योगीहरु आन्दोलनमा उत्रिएपछि अर्थमन्त्री शर्माले सार्वजनिक रूपमै जसरी पनि ब्याजदर घटाउने बताउँदै आएका थिए । तर, उनले गठन गरेको समितिले बैंक ब्याजदर निर्धारणमा हस्तक्षेप […]

अनावश्यक आयात रोक्न ब्याजदर बृद्धि गर्यौं : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक आयात रोक्नकै लागि ब्याजदर वृद्धि गर्नुपरेको तर्क गरेका छन् । मुलुकभित्रै निक्षेप संकलन हुन नसक्दा तरलता अभाव हुनु र कर्जा बढेर आयात बढ्नुले राष्ट्रिय अर्थतन्त्रमा नै गम्भिर संकट पर्ने देखिएपछि ब्याजदर वृद्धिको स्वीकृति दिनुपरेको गभर्नर अधिकारीको भनाइ छ । आइतबार उद्योग वाणिज्य महासंघले राजधानीमा  आयोजना गरेको पेट्रोलियम पदार्थको तीब्र आयात र यसले पार्न सक्ने आर्थिक प्रभाव विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्

राष्ट्रबैँकले तोक्यो वचतपत्रको ब्याजदर ११ प्रतिशत

काठमाडौँ- सरकारसँग तरलता अभाव भइरहेका बेला राष्ट्र बैँकले नागरिक वचतपत्रको ब्याजदर ११ प्रतिशत तोकेको छ। यो राष्ट्रबैँकले दिएको उच्च ब्याजदर हो। बैँक तथा वित्तीय संस्थाहरुले भने ब्याज बढाएर अहिले ११ प्रतिशतसम्म पुर्‍याएका छन्। राष्ट्र बैंकले १८ वैशाखदेखि २२ वैशाखसम्म खुला गरेको नागरिक वचत पत्रको ब्याजदर ११ प्रतिशत तोकेको हो। चार वर्षमा परिपक्व हुने यो बचत […]

बैंकहरुले मनपरी बढाए ब्याजदर, सीईओहरुलाई राष्ट्र बैंकले गरायो सचेत

२ चैत, काठमाडौं । बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाउने गरेको पाइएको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि निक्षेप तान्न बैंकहरुले मनपरी ढंगले ब्याज दिने गरेको पाइएको हो । बैंकहरुले नियम विपरीत ब्याजदर परिवर्तन गर्ने गरेको पाइएपछि राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । राष्ट्र बैंकको […]

ब्याजदर वृद्धिले हटाएन तरलता अभाव

काठमाडौं । तरलता अभावको समस्या समाधान नभएपछि चैत महीनामा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर वृद्धि नगर्ने भएका छन् । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले हरेक महीना शुरू हुनुभन्दा अघिल्लो दिन सार्वजनिक सूचनामार्फत महीनाभरका लागि ब्याजदर सार्वजनिक गर्नुपर्छ । चैत महीनामा ब्याजदर वृद्धि नगर्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले फागुनमै कायम ब्याजदर लागू गर्नेछन् । वाणिज्य बैंकका सीईओहरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका सीईओहरूको संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएशन र वित्त कम्पनीका सीईओहरूको संगठन नेपाल वित्त कम्पनी संघको छुट्टाछुट्टै बैठकले ब्याजदर नबढाउने भद्र सहमति गरेका हुन् ।  ‘ब्याजदर बढाएर मात्र निक्षेप नबढ्ने र तरलताको समस्या समाधान हुने नदेखिएपछि ब्याजदर नबढाउने सहमति गरिएको छ,’ डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष प्रद्युमन पोखरेलले जानकारी दिए ।  राष्ट्र बैंकको नियमअनुसार बैंक तथा वित्तीय संस्थाहरूले फागुन महीनामा ब्याजदर १० प्रतिशतले वृद्धि गरेका थिए । फागुनमा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव ०३ प्रतिशत ब्याजदर कायम गरेका छन् । यस्तै विकास बैंकहरूको अधिकतम १२ दशमलव ६५, फाइनान्स कम्पनीहरूको अधिकतम ब्याजदर ११ दशमलव ७१ प्रतिशत तोकेका छन् । अब चैतमा पनि यही ब्याजदर कार्यान्वयन हुनेछ ।  बैंक तथा वित्तीय संस्थामा चालू आर्थिक वर्षमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरूबीच ब्याजदर बढाउने प्रतिस्पर्धा भएको थियो । गत कात्तिकमै वाणिज्य बैंकहरूको ब्याजदर नै १२ प्रतिशत नजिक पुगेपछि राष्ट्र बैंक आपैmले ब्याजदर एकल विन्दुमा राख्न निर्देशन दिएको थियो ।  कात्तिकमा निर्देशन जारी गर्दै राष्ट्र बैंकले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा १० प्रतिशतले मात्र घटबढ गर्न पाउने व्यवस्था गरेको छ । पुस र माघमा संस्थागत निर्णय गरेरै ब्याजदर वृद्धि नगरेका बैंक तथा वित्तीय संस्थाहरूले फागुन महीनामा भने संस्थागत निर्णयबाटै ब्याजदर १० प्रतिशत वृद्धि गरेका थिए ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सहमतिमा ब्याजदर वृद्धि गरे पनि अर्थमन्त्री जनार्दन शर्माले भने यसप्रति असन्तुष्टि व्यक्त गरेका थिए । यसैगरी व्यापारीका संगठनहरूले पनि विज्ञप्ति नै जारी गरेर ब्याजदर वृद्धिप्रति आपत्ति जनाएका थिए । ब्याजदर वृद्धि गरे पनि बैंकिङ प्रणालीमा निक्षेप खासै वृद्धि हुन सकेको छैन ।  सहकारीको पनि नबढ्ने  बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर स्थिर राख्ने सहमति गरेसँगै सहकारीको पनि ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकहरूले ब्याज बढाए मात्रै सहकारीको सन्दर्भ ब्याज बढ्ने भएकाले बैंकको ब्याजदर नबढ्ने भएपछि सहकारीको सन्दर्भ ब्याजदर पनि स्थिर रहने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले जानकारी दिए । (प्रिन्ट संस्करणबाट)

ब्याजदर बढाउनेबारे बैंकरहरू नै दुई धारमा, पुसमा तरलता अभाव झनै बढ्ने

बढ्दो तरलता अभाव खुम्च्याउन ब्याजदर बढाउनेबारे नेपाल बैंकर्स संघ (एनबीए) भित्रै दुई धार देखिएको छ । संघ अध्यक्ष अनिल उपाध्याय ब्याजदर बढाउने पक्षमा देखिँदा अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू यसतर्फ अनिच्छुक देखिएका हुन् । २७ बाणिज्य बैंकका सीईओ सम्मिलित बैठक आज राखिएको हो ।ब्याजदरबारे छलफल गर्न आज (शुक्रबार) संघको बैठक बसेको थियो । बैठकमा बैंक सीईओहरू र संघका अध्यक्षको फरक धारणा आएको सहभागी एक सीईओले रातोपाटीलाई जानकारी दिए । बिहीबार अर्थ समितिमा भएको छलफल क्रममा नेपाल राष्ट्र बैं

केन्द्रीय बैङ्कको चाहनाविपरीत बैङ्कहरूले दोहोरो अङ्कमा पुर्याए ब्याजदर

ब्याजदर बढाउन वाणिज्य बैङ्कबीच चर्को प्रतिस्पर्धामा उत्रिएका छन् । बजारमा तरलता अभाव भएपछि निक्षेपकर्ताको रकम आफ्नोमा तान्न बैङ्कहरू अस्वाभाविक प्रतिस्पर्धामा उत्रिएका हुन् । अन्य बैङ्कको खातामा रहेको पैसा आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित निक्षेप ब्याज दोहोरो अङ्कमा पुर्‍याइएको छ । वाणिज्य बैङ्कहरूले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएका छन् । योसँगै नेपाल राष्ट्र बैङ्कको चाहना विपरीत ब्याजदर दोहोरो अङ्कमाथि पुगेको छ ।निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा हिमालयन बै

तरलता अभाव घटाउन दुई अर्ब ६५ करोड रुपैयाँ बजार पठाइँदै

बजारमा देखिएको चरम तरलता अभावलाई सम्बोधन गर्नतर्फ नेपाल राष्ट्र बैङ्क लागेको छ । बैङ्क तथा वित्तीय संस्थामा चरम तरलता अभाव देखिएपछि राष्ट्र बैङ्कले पैसा बजार पठाउने भएको हो ।तरलता अभावलाई केही हदसम्म घटाउन तत्काल २ अर्ब ६५ करोड रुपैयाँ विभिन्न वर्गका बैङ्कमा पठाउने भएको छ । यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गले लिन चाहेको रकम र त्यसको प्रस्तावित ब्याजदर राष्ट्र बैङ्क समक्ष पेस गर्नुपर्ने छ ।राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोष÷उपदान तथा पेन्सन कोषमा रहे

तरलता अभाव हुन नदिन राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको रिपो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तरलता अभाव हुन नदिन बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा माथि गएको अवस्थामा राष्ट्र बैंकले रिपोमार्फत तरलता […]