ब्याजदर बढाउन वाणिज्य बैङ्कबीच चर्को प्रतिस्पर्धामा उत्रिएका छन् । बजारमा तरलता अभाव भएपछि निक्षेपकर्ताको रकम आफ्नोमा तान्न बैङ्कहरू अस्वाभाविक प्रतिस्पर्धामा उत्रिएका हुन् । अन्य बैङ्कको खातामा रहेको पैसा आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित निक्षेप ब्याज दोहोरो अङ्कमा पुर्याइएको छ । वाणिज्य बैङ्कहरूले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएका छन् । योसँगै नेपाल राष्ट्र बैङ्कको चाहना विपरीत ब्याजदर दोहोरो अङ्कमाथि पुगेको छ ।निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा हिमालयन बै