नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक आयात रोक्नकै लागि ब्याजदर वृद्धि गर्नुपरेको तर्क गरेका छन् । मुलुकभित्रै निक्षेप संकलन हुन नसक्दा तरलता अभाव हुनु र कर्जा बढेर आयात बढ्नुले राष्ट्रिय अर्थतन्त्रमा नै गम्भिर संकट पर्ने देखिएपछि ब्याजदर वृद्धिको स्वीकृति दिनुपरेको गभर्नर अधिकारीको भनाइ छ । आइतबार उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको पेट्रोलियम पदार्थको तीब्र आयात र यसले पार्न सक्ने आर्थिक प्रभाव विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्