टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको स्थानीय समितिले मोरङ क्षेत्र नम्बर १ (ख)बाट अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेको थियो । यद्यपि उक्त सिफारिस अनुसार नभई एमालेले सो क्षेत्रबाट खड्ग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राज