एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

काठमाडौं : एमाले नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्।भुसालले आइतबार यसबारे जानकारी दिँदै संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्। भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन्। भुसालले पत्रमा भनेका छन्,‘म तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको थिए। र त्यस