अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ ।
सन्धिखर्क नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेपछि स्थायी बन्ध्याकरण सुरु गरेको हो । बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीहरुलाई कुकुरले टोक्ने तथा लखेट्ने गर्दा विद्यार्थीहरुमा पनि त्रास छाएको थियो । यस्तै रातिको समयमा पनि कुकुरहरुले हल्ला गर्ने गरेपछि नियन्त्रणका लागि स्थायी बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ...