अखिल छैटौंले बुटवलमा जलायो शिक्षामन्त्रीको पुतला

रुपन्देही । राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियु छैटौंले संसदमा प्रस्तुत शिक्षा विधेयकको विरोध गर्दै शिक्षामन्त्रीको पुतला जलाएको छ । विद्यालय शिक्षा विधेयक अव्यवहारिक, अवैज्ञानिक र संविधानविरोधी भएको भन्दै अखिल छैटौंका विद्यार्थीले देशभर विधेयक जलाउनुका साथै शिक्षामन्त्री अशोक राईको पुतला दहन गरेका हुन् । अखिल छैटौंले रुपन्देहीको बुटवलमा पनि विद्यालय शिक्षा विधेयक २०८० खारेजी र शिक्षामन्त्रीको […]

सम्बन्धित सामग्री

मणिमुकुन्द कलेजलाई अखिल कपको उपाधि

भैरहवा– बुटवलमा सम्पन्न अखिल कप २०७८ को उपाधि मणिमुकुन्द कलेजले हात पारेको छ । अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष स्व रामनाथ ढकालको स्मृतिमा बिहीबार  सम्पन्न जिल्ला स्तरिय अन्तर कलेज भलिबल प्रतियोगिताको फाइनलमा बुटवल बहुमुखी क्याम्पसलाई ३–० को सेटमा पराजित गर्दै मणिमुकुन्द कलेजले उपाधि हात पारेको हो । उपाधिसँगै उसले नगद ३३ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको […]

अखिल छैठौं विभाजित, समानान्तर केन्द्रीय समिति चयन

२५ असोज,बुटवल । राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियू छैठौंमा समानान्तर केन्द्रीय समिति चयन भएको छ । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाभित्र रहेको दुई धारको असर जनवर्गीय संगठनमा परेको हो। संस्थापन पक्षले बुटवलमा र फरक मत पक्षले धनगढीमा छुट्टाछुट्टै २२ औं सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेपछि संगठन विभाजित भएको छ । संस्थापन निकट समूहको सम्मेलनले […]

भूमि आयोग पुनःस्थापना गर्न किसान महासंघ लुम्बिनीको माग

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न दुई दिने बैठकले १० बुँदे घोषणापत्र जारी गरेको छ ।  वर्तमान सरकारले खारेज गरेको भूमिहीन अव्यवस्थित बसोबास समस्या समाधान आयोगको अविलम्ब पुनःस्थापना गर्न माग गरेको छ ।  यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । महासंघ प्रदेश अध्यक्ष खड्कबहादुर खड्काले किसानको पक्षम जनपक्षीय रुपमा लाग्ने गरी घोषणापत्र जारी गरिएको जानकारी दिए ।  खड्काले संगठनले सर्वोच्च अदालतले किसानको पक्षमा फैसला गर्ने अपेक्षा व्यक्त गरेको र यदि किसानको पक्षमा नभएमा कड...

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस तोडफोड

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा  नेपाल विद्यार्थी सङ्घ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैटौँका विद्यार्थी सङ्गठनहरूले तोडफोड गरेका छन् । लामो समयदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले लुम्बिनी क्याम्पसमा आज तोडफोड गरेका हुन् ।क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेबल,  लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गर्दै विद्यार्थीहरू भागेका थिए ।क्याम्पस सञ्चालक समितिले सेमे

लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थीहरुले गरे तोडफोड

२६ साउन, बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएको विरोधमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा चार विद्यार्थी संगठनले तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त रुपमा क्याम्पसको पुरानो भवनमा रहेका लेखा र परीक्षा शाखामा तोडफोड गरेका हुन् । यसअघि साउन ८ गते नै चार […]

अखिल नेपाल युवक संघ रुपन्देहीको अध्यक्षमा योगी

टेकराज भुसाल, बुटवल । अखिल नेपाल युवक संघ रुपन्देहीको प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले हरि योगिको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समितिको चयन गरेको छ। जसको उपाध्यक्षमा ज्ञामुध्वज मल्ल, सचिवमा कृष्ण जिसी, कोषाध्यक्षमा मिलन पोख्रेल रहनुभएको छ भने सदस्यहरुमा हरिलाल नेपाली, दिपक बस्नेत, दुर्गादेवि काउछा, महिमा भुसाल, यमबहादुर क्षेत्री, कृष्ण आचार्य र अजित ज्ञवाली चयन हुनुभएको छ । भेलाको उद्घाटन गर्दै अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले नेपालमा समृद्धीको बाधक भ्रष्टाचार भएको बताउनुभयो । उहाँले अदालत, मालपोत नगरपालिकालगायत सरकारी कार्यालयहरुमा भ्रष्टाचार बढ्दै गएको भन्दै भ्रष्टाचार रोक्न सचेत युवाहरु एक भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलम, नेकपा (मसाल) का प्रवक्ता नारायण जिसी, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज शर्मा, महिला संघकी जिल्ला अध्यक्ष भानु जिसी, अन्टुकका लोकराज भुसाल, अखिल (छैठौं) रुपन्देहीका अध्यक्ष सरोजमान सिंह, राजमो क्षत्रीय कोषाध्यक्ष गणेश गौतम लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम हरि योगिको अध्यक्षता र मिलन पोख्रेलको सञचालनमा सम्पन्न भएको थियो ।

उजीरसिंह मावि बुटवलमा अखिल (छैठौं) को संगठन निर्माण

टेकराज भुसाल, बुटवल। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति रुपन्देहीको आयोजनामा आज बुटवलको उजिर सिंह माध्यमिक बिद्यालयमा संगठन निर्माण भएको छ । एक महिने संगठनात्मक अभियान अन्तर्गत उजिर सिंह माविमा २१ सदस्यीय इकाइ समिति गठन गरेको छ। समितिको अध्यक्ष पुष्पा थापा, उपाध्यक्ष गणेश जिसी, सचिव नारायण राउत, सहसचिव किरण राई र कोषाध्यक्षमा अन्जली वनियालाई चयन गरेको छ। त्यस्तै सदस्यहरुमा करुणा खाती, अमर राना, मोतिराम दर्लामी, बोधकला बगाले, मनिसा थापा, रिया श्रेष्ठ, सुजन गाहा, आशिष् बस्नेत, किरण खड्का, चोपलाल बेल्वासे, सुस्मिता राना, मुना थामी, नारायण राना र गिता मगर रहनुभएको छ। कार्यक्रममा अखिल (छैठौं) रुपन्देहीका जिल्ला अध्यक्ष सरोजमान सिंह, सचिव सागर बेल्वासे, कोषाध्यक्ष मिलन परियार, सदस्य टेकराज भुसाल र कुलचन्द्र शर्माले प्रशिक्षात्मक मन्त्वय राख्नुभएको थियो।

प्रतिगमनविरुद्ध बुटवलमा राजमाेकाे माेटरसाइकल र्‍याली

बुटवल । राष्ट्रिय जनमोर्चा रूपन्देहीले ‘संगठन र संघर्ष’को कार्यक्रम अन्तरगत आज मोटरसाईकल र्‍यालीसहित विरोध सभा सम्पन्न गरेको छ। बुटवलको पुष्पलाल पार्कमा आयोजित विरोध सभालाई राजमो नेता बासुदेव पोख्रेल,राजमो केन्द्रीय उपाध्यक्ष बद्रे आलम, लुम्बिनी प्रदेशका कोषाध्यक्ष गणेश गौतम, नेकपा (मसाल) का जिल्ला प्रवक्ता नारायण जिसीले सम्बोधन गर्नुभएको थियो । जिल्ला सचिव टान बहादुर केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा कम्युनिष्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य,राजमो केन्द्रीय सदस्य ईन्दीरा ज्ञावली, अखिल नेपाल महिला संघकी महासचिव शकुन्तला राना, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रूक बहादुर पराजुली,बुद्धिजीवी संघका केन्द्रीय सदस्य हिरालाल धामी र अखिल(छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिह लगायत नेता,कार्यकर्ता र समर्थकहरूको व्यापक उपस्थिति रहेको थियोे । विरोध र्‍याली बुटवलबाट भैरहवा हुदै बुद्दचोकमा पुगेर सभामा परिणत भएको थियोे।

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं)को प्रदर्शन

टेकराज भुसाल, बुटवल । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियु (छैठौं) ले आज बुटवलमा प्रदर्शन गरेको छ । बुटवल कालिकानगर स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट सुरु भएको विरोध जुलुस राजमार्ग चौराहा हुँदै मिलनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै अखिल (छैठौं) रुपन्देही अध्यक्ष सरोजमान सिंह, सचिव सागर वेलवासे र जिल्ला सदस्य टेकराज भुसाल लगायतले भागरथी भट्टको बलात्कारपछि भएकोले हत्यामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो । निर्मला पन्त लगायत बलात्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउदा बलात्कार र हत्याका घटना बढेको भन्दै उहाँहरुले अपराधीहरुलाई कानूनी दायरामा ल्याउने कार्यमा सरकार उदासीन देखिनु आपत्तिजनक रहेको बताउनु भयो । अपराधीलाई कारबाहीको दायरामा नल्याउने षडयन्त्र हुनसक्ने भन्दै तत्काल दोषि पत्ता लगाई कारबाही गर्न गर्नुभयो । भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले राजधानी काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा संगठनका केन्द्रीय अध्यक्ष, सचिव लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै उहाँहरुले अपराधीलाई कारबाहीको माग गर्दा प्रहरी प्रशासनले धरपकड गर्नु थप आपत्तिजनक भएको बताउनु भयो । प्रदर्शनमा निर्मला पन्त र भागरथी भट्टका बलत्कारी र हत्यारालाई कार्बाही गर, सम्पूर्ण बालिकाहरुको सुरक्षा गर, सरकारी उदासिनता मुर्दावाद जस्ता नारा लगाएका थिए ।