जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, ठेकेदार र चालक पक्राउ

जनकपुरधाम – सर्लाहीमा जेसिबीको बकेटले हानेर एक वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ईश्वरपुर नगरपालिका वडा नम्बर ३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्न गएका बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज […]

सम्बन्धित सामग्री

ललितपुरमा कवाडी कर आतंक, नाकामा बसेर धम्क्याउँछन् ठेकेदार

२४ वैशाख, काठमाडौं । काठमाडौं शंखमुलबाट च्यासल हुँदै ललितपुर महानगर छिर्न लागेको ‘हात्ती गाडी’ चालक सुबोध धमलाले शुक्रबार अनपेक्षित विवाद झेल्नुपर्‍यो । फर्निचर पसलको सामान, कोठा सामान सार्दा प्रयोग हुने भ्यान चालक रहेका धमलालाई ललितपुर र …

नारायणगढ–बुटवल सडक समयमा निर्माण नहुँदा यात्रुलाई सास्ती, दुर्घटनाकाे जाेखिम

काठमाण्डाै - नारायणगढ–बुटवल सडक निर्माण समयमा नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । सडकका कारण यातायात व्यवसायी र गाडी चालक पनि हैरान भएका छन् । यो सडक खण्डमा दुर्घटना समेत हुने जोखिम बढेको छ । ठेकेदार कम्पनी जिम्मेवार नहुँदा र लापरबाही गर्ने ठेकेदारलाई कारबाही नहुने प्रवृत्तिका कारण यात्रुले सास्ती पाउँदै आएका छन्  । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पूरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ। २०७५ साल चैत ८ गते नाराय...

बुटवल–नारायणगढमा सकसपूर्ण यात्रा

साबिकको अवस्थामा बुटवल–नारायणगढ पार गर्न निजी गाडीमा दुई घण्टा र बसमा करिब तीन घण्टा लाग्थ्यो । अहिले ६/७ घण्टा लाग्छ । सडक भद्रगोल भएकाले यात्रु थकित बन्छन् । यात्रा गर्नुपरेकामा गाडी चालक धिक्कार मान्छन् । अवस्था कहिले सहज हुन्छ, कुनै निधो छैन । ठेकेदार कम्पनीले निर्माणलाई तीव्रता दिएको दाबी गरे पनि अवस्था ज्युँका त्युँ छ ।

लाम्पाटा–दरबाङ सडक अलपत्र

म्याग्दी । म्याग्दीको रणनीतिक महŒवको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माण अझै शुरू भएको छैन । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।      सडक विस्तार गरेर कालोपत्र गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको मंगला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माले बताए । ‘अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ,’ उनले भने, ‘पछिल्लो आठ महिनायता सडक निर्माण ठप्प बनेको छ ।’ सो ठेकेदारको जिम्मामा पर्ने बांगे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बीच सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले सवारीसाधन ठोक्किने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गरे । ‘खाल्डैखाल्डा भएको सडक छेउमा थुपारिएको माटो व्यवस्थापन भएको छैन,’ उनले भने, ‘सडकको जीर्ण अवस्थाका कारण आवतजावतमा सास्तीका साथै गाडीका पाटपूर्जा बिग्रिएर हैरान भएको छ ।’ लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्र गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले बताएको छ । फोन सम्पर्क गर्दा आउँछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधि नआएको र काममा फर्काउन ताकेता गरिएको कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको बताए । मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीनओटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनीदेखि सिमसम्मको सडक कालोपत्रको तयारी भएको छ ।      समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातओटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताए । २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियर र चालक बेपत्ता

२३ असार, पोखरा । पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् । मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका सिडिओ देवी पाण्डे खत्रीले जानकारी दिइन् । राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका साइड इन्जिनियर राजाराम आचार्य र […]

सर्लाहीमा डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या

सर्लाही - सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेका छन् । डाेजर चालक हर्कबहादुर गोलेले डोजरको बकेटले हान्दा ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र चालक गोलेबीच विवाद भएपछि गोलेले वडाध्यक्ष श्रेष्ठमाथि बकेट प्रहार गरेका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो । राति १० बजेतिरसँगै खाना खाएर डोजरले खनेको पोखरीतर्फ जाँदै गर्दा विवाद भएको र डोजर भएको ठाउँमा पुगेपछि चालकले...

सर्लाहीमा एक जनप्रतिनिधिको हत्या, ठेकेदार र जेसिबी चालक पक्राउ

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले  आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल छन् । शुक्रवार राति विवादका क्रममा जेसिबी चालक हर्कबहादुर तामाङ लगायतले कुटपिट गर्दै हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।शुक्रबार साँझ ठेकेदार प्रेम दाहालसँगै वडा अध्यक्

निर्माण सम्पन्न भएको ५ महीनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

असार ७, भैरहवा । भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नति कार्य पूरा भएको पाँच महीना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले रू. एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।   उक्त कम्पनीले जनवरी १२, २०२० सम्म निर्माण सम्पन्न गर्नेगरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य शुरु गरेको भएता पनि तोकिएको समयभन्दा ११ महीना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको हो ।  तीन पटकसम्म भेरियसन समेत भएको उक्त ठेक्काको लागत समेत बढेको छ । शुरुवातमा रू. एक अर्ब ९३ करोड ६३ लाख भएपनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर रू. दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ ।  ठेकेदार कम्पनिले नेपाल सरकारसँग बढेको रकम अनुसार भुक्तानी समेत प्राप्त गरिसकेको छ । वर्षौदेखि हुलाकी सडकको रुपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले बढी महत्वको सडक हो । उक्त सडकखण्डमा एकातिर विश्व पर्यटन बजारको मुख्य केन्द्र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट पर्दछन् भने अर्कोतिर अर्बौ खर्चेर सञ्चालनमा रहेका सिमेन्ट, छड उद्योगहरु पनि त्यही सडकको दाँयाबाँया रहेका छन् ।   सो सडकखण्डअन्तर्गत भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौलिहवासम्म २ लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण भएको हो । उक्त सडक ११ महिना ढिला गरी निर्माण सम्पन्न भएको भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना प्रमुख प्रदीपराज शाक्यले बताए ।  उनले भने, ‘तोकिएको समयभन्दा एघार महीना ढिला सम्पन्न भयो । तीनपटक भेरियसन पनि भयो । एक बर्ष मेन्टीनेन्स पीरियड हुन्छ । छ महीना बितिसक्यो अब आगमी डिसेम्बरमा हस्तान्तरण हुन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महीनामै सडक धेरै ठाउमा भासिएको छ । धेरै ठाउमा भत्केको छ । सडक भासिँदा र भत्किदा द्रुत गतिमा गाडी चलाउन मुश्किल भएको लुम्बिनी जाने यात्रु लिएर भैरहवाबाट लुम्बिनी जादैं गरेका ट्याक्सी चालक रामनिवास चाईले भने, ‘बाटोको गुणस्तर कमजोर छ ।  बनेर नसकिँदै भत्किन थालिसकेछ ।’ चाई जस्तै अर्का ट्याक्सी चालक विन्ध्याचल यादवले बाटोको खटपटले गर्दा द्रुतगतिमा गाडी चलाउन नपाएको बताए ।  योजना प्रमुख शाक्यले भने गुणस्तरीयता र सडकको मापदन्डको विषयमा कन्सल्टेन्टको रिर्पोट अनुसार नै काम भएको बताए । उनले भने, ‘कोरोनाका कारण दुई महीनादेखि म सडक निरीक्षण गर्न गएको छैन ।  तर, सडकको गुणस्तरको विषयमा केइसीसी र केडिईसी कन्सल्टेन्टले दिएको रिर्पोट ठीक नै देखिन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महीना नबित्दै भत्किने सडकको गुणस्तर करोडौं खर्चेर राखिएका कन्सल्टेन्सीले सही छ भनेर रिर्पोट दिनुमा कतै ठेकेदार पक्षसँग मिलोमतो त छैन भनी प्रश्न समेत उठेको छ ।  यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले भने, ‘हामी पनि अचम्मै भएका छौं । चिन्तित छौं । बेस राम्रो छ, माथि बिग्रेको हो । मौसम राम्रो भयो भने यो सुधार गर्छौ ।’ उनले सडकमा रहेका विद्युत्का पोल, रुखहरु समयमै नहटाउँदा र ढुंगा गिट्टी बालुवा तथा माटो प्रयाप्त नपाउँदां काममा ढिलाइ भएको स्वीकार गरे ।  ६ लेन सडककोबीच भागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिसलेन सहितको ‘फुटपाथ’ समेत निर्माण भएको छ । उक्त सडकखण्डमा ३६ ओटा यात्रु प्रतिक्षालयका साथै काटिएका रुखको ठाउँमा ५ हजार १०० रुख रोप्नुपर्ने भएता पनि ती काम भने अझै पूरा भएको छैनन् ।   सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तरराष्ट्रिय एयरपोर्टसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक, औद्योगिक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । रासस

को दोषी ?

विधान होकि व्यवस्था? उमेर होकि अवस्था? नीति होकि नियत? आफ्नै होकि आयात? नेता होकि जनता? समान होकि समता? सवारी होकि चालक? वृद्ध होकि बालक? शिक्षक होकि शिक्षा? कमाई होकि भिक्षा? ठेकेदार होकि ठेक्का? बास्सा होकि एक्का? मालिक होकि कामदार? भिखारी होकि दामदार? हाकिम होकि कर्मचारी ? विवाहित होकि ब्रह्मचारी? छिमेक होकि छिमेकी? अनपढ होकि विवेकी? […]