सर्लाहीमा डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या

सर्लाही - सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेका छन् । डाेजर चालक हर्कबहादुर गोलेले डोजरको बकेटले हान्दा ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र चालक गोलेबीच विवाद भएपछि गोलेले वडाध्यक्ष श्रेष्ठमाथि बकेट प्रहार गरेका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो । राति १० बजेतिरसँगै खाना खाएर डोजरले खनेको पोखरीतर्फ जाँदै गर्दा विवाद भएको र डोजर भएको ठाउँमा पुगेपछि चालकले...

सम्बन्धित सामग्री

सर्लाहीमा एकै दिन दुई पुरुषको शव फेला

सर्लाहीमा दुई पुरुषको शव फेला परेको छ। विभिन्न ठाउँमा दुई पुरुषको शव फेला परेपछि सर्लाहीमा त्रास फैलिएको छ।...

सर्लाहीमा फेरि आगलागी

सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।...

सर्लाहीमा बढ्यो सवारी दुर्घटना

गत मंसिर महिनामा मात्र सर्लाहीमा विभिन्न दुर्घटनामा १० जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा सर्लाहीमा २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...

सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार

सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

सर्लाहीमा हुने तस्करीले निहुर्‍यायाे देशकै शिर

रातारात सर्लाहीमा हुने तस्करीले गर्दा देशकै शिर निहुरिएको छ। सर्लाहीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले संसदमै सर्लाहीमा हुने गरेको तस्करीबारे मुद्दा उठाउँदा पनि तस्करी नियन्त्रण नभएपछि देशकै शिर निहुरेको सर्लाहीबासीले महसुस गरेका छन...

एकै दिन दुई आईजिपि सर्लाहीमा

नेपाल प्रहरीका प्रमुख र सशस्त्र प्रहरी बलका प्रमुख एकै दिन सर्लाहीमा देखिएका छन्। शान्ति सुरक्षाको मुख्य जिम्मेवारी रहेको दुई प्रहरी संगठनका प्रमुख एकै दिन सर्लाहीमा देखिएका हुन्।...

सर्लाहीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।