साबिकको अवस्थामा बुटवल–नारायणगढ पार गर्न निजी गाडीमा दुई घण्टा र बसमा करिब तीन घण्टा लाग्थ्यो । अहिले ६/७ घण्टा लाग्छ । सडक भद्रगोल भएकाले यात्रु थकित बन्छन् । यात्रा गर्नुपरेकामा गाडी चालक धिक्कार मान्छन् । अवस्था कहिले सहज हुन्छ, कुनै निधो छैन । ठेकेदार कम्पनीले निर्माणलाई तीव्रता दिएको दाबी गरे पनि अवस्था ज्युँका त्युँ छ ।