ओखलढुङ्गा – सिद्धिचरण नगरपालिका ४ र चिशंखुगढी ८ जोड्ने मोटरेबल पक्की पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । ठेकेदारले ठेक्का सम्झौता गरेको एक वर्षसम्म काम नै नथालेर पटक–पटक ताकेता गरेपछि बल्ल सुरु भएको जग निर्माणमै गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको हो । बालुवामा बराबरी माटो र गिटीसमेत नपखाली माटैसहित घोलेर ढलान भइरहेको स्थानीय युवा कृष्ण भुजेलले बताउनुभयो । निषेधाज्ञाका बीच भइरहेको निर्माणमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा ठेकेदारले लापर्बाही गरेको स्थानीयको भनाइ छ । यही वैशाखम...