समकालीन विश्व व्यवस्थाले गरिबी घटाउन सकेन । अहिले धेरै मुलुकले पुँजीवादी व्यवस्था अङ्गीकार गरेका छन् । केही थोरै मुलुक समाजवादी व्यवस्थामा र केही मुलुक राजतन्त्रवादी व्यवस्थामा छन् । व्यवस्था जे अङ्गीकार गरे पनि विश्वमा धनी झन् झन् धनी हुँदै जाने र गरिब झन् झन् गरिब हुने अवस्था अन्त्य भएन । यसले मानवताका लागि दिइएको समानता र स्वतन्त्रताको नारालाई चुनौती दिन थालेको छ । धनी र गरिबबिच बढ्दो खाडल पुर्न विश्वका धनी देश र धनी मानिसले गरिब देश र गरिब मानिसका लागि त्याग गर्नु पर्छ । गरिब राष्ट्रमा लगानी र सहयोग बढाउनु पर्छ । अहिलेको ढङ्गले धनी र गरिबबिच असमानता बढ्दै ग