जनप्रतिनिधिका लोकप्रिय निर्णय

शपथ र पदभार ग्रहणसँगै लुम्बिनीका जनप्रतिनिधिहरू लोकप्रिय र जनमुखी निर्णय गर्न थालेका छन् । यद्यपि, निर्वाचन सकिएको एक हप्ता हुँदासमेत कतिपय पालिकाको मत परिणाम सार्वजनिक हुन सकेको छैन ।

सम्बन्धित सामग्री

चुनावअघि राजस्थानमा १ सय युनिट बिजुली निःशुल्क घोषणा

राजस्थान – राजस्थानमा विधानसभा चुनाव हुनुअघि मुख्यमन्त्री अशोक गहलोतको नेतृत्वमा रहेको कांग्रेस सरकारले अर्को लोकप्रिय निर्णय गरेको छ। मुख्यमन्त्री गहलोतले राजस्थानका सबै उपभोक्ताहरूलाई बिजुलीको बिलमा ठूलो राहतको घोषणा गरेका हुन्।  मुख्यमन्त्रीले ट्विट गर्दै भनेका छन्, अब राज्यका जनताले १०० युनिटसम्म बिजुली प्रयोग गर्दा कुनै महसुल लाग्ने छैन। उनका अनुसार अब हरेक महिना सबै उपभोक्ताले १०० […]

लोकप्रिय निर्णय कार्यान्वयनमा बेवास्ता

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनपश्चात् विजयी जनप्रतिनिधिहरूले पदभार ग्रहणका क्रममा गरेका लोकप्रिय निर्णय तथा प्रतिबद्धताहरूप्रति बेवास्ता हुन थालेको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि यस्ता निर्णयलाई कार्यान्वयन गर्नतर्फ जनप्रतिनिधिले खासै चासो दिएका छैनन्। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपलिकाले तीन हजार पाँच सय घरधुरीका १५ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको थियो। यसका लागि न्यूनतम प्रतिघरपरिवार दस्तुर तिर्दा एक करोड २२ लाख ५० हजार रुपियाँ बजेट आवश्यक पर्दछ तर गाउँपालिकाले नागरिकको स्वास्थ्य बीमा गर्नका लागि अहिले जम्मा ३० लाख रुपियाँ बजेटको व्यवस्था गरेको जनाएको छ।

वडाबाटै लोकप्रिय निर्णय

गुल्मी – गुल्मीमा नवनिर्वाचित वडाध्यक्षले वडाबाटै लोकप्रिय निर्णय गरेको छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ का वडाध्यक्ष लिलाधर आचार्यले लोकप्रिय निर्णय गरेका हुन् । आफूसहित ४ जना वडा सदस्य निर्वाचित भएपछिको पहिलो बैठकबाट आफुहरूले स्वास्थ्य बिमा र शिक्षाको क्षेत्रमा काम गर्ने निर्णय गरेको वडाध्यक्ष लिलाधर आचार्यले जानकारी दिए । “वडाका विपन्न नागरिकहरू स्वास्थ्य र शिक्षाको पहुँचबाट […]

पहिलो निर्णय लोकप्रिय गर्नमा तँछाडमँछाड गर्दै पालिका सरकार प्रमुख

पद तथा गोपनीयताको शपथ खाएर पद बहाल गर्दै रौतहटका अधिकांश पालिका सरकार प्रमुखले लोकप्रिय निर्णय गरेको सार्वजनिक गर्न थालेका छन्।...

नवनिर्वाचित जनप्रतिनिधीहरूले पदभार ग्रहणसँगै गरे लोकप्रिय निर्णय

नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहणसँगै लोकप्रिय योजना कार्यान्वयन गर्ने घोषणा गरेका छन् । शुक्रवार पदभार ग्रहण गर्दै केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले गाउँमा विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

यस्ता छन् नवनिर्वाचित जनप्रतिनिधिका पहिलो निर्णय

रामबहादुर थापा/ बागलुङका दशवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शपथ र पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्लेसँगै उनीहरुले लोकप्रिय निर्णय र प्रतिबद्धता सार्वजनिक गरेका छन् । कति घोषणा स्थानीय तहको दीर्घकालीन विकाससँग सम्बन्धित छन् त कतिपय सार्वजनिक सेवा प्रवाहसँग जोडिएका । केही जनप्रतिनिधिले चुनावअघि मतदातासामु गरेका मुख्य प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेका छन् । ताराखोला […]

प्रजनन अङ्गमा क्यान्सर भएका गण्डकीका महिलालाई ५० हजार

पर्वत : कोही पनि बिरामीले अबदेखि रगत किन्नु नपर्ने लोकप्रिय निर्णय कार्यान्वयन शुरु गरेको गण्डकी प्रदेश सरकारले क्यान्सरपीडित महिलाका लागि अर्को महत्त्वपूर्ण कार्यक्रम थालेको छ। प्रदेशका सरकारी वा निजी सबै अस्पतालमा निःशुल्क रगत दिन शुरु गरेको गण्डकी सरकारले प्रजनन अङ्गमा क्यान्सर भएका महिलाहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।प्रदेश सरकारले यो कार्यक्रमको घोषणा पहिले नै गरेको भए पनि अहिले कार्यान्वयनमा ल्याएको छ। यसका लागि चितवनको भरतपुरमा रहेको बिपी कोइराला

लोकप्रिय निर्णय गर्दै जनप्रतिनिधि

पदभार ग्रहणसँगै स्थानीय तहका जनप्रतिनिधिले वृद्ध भत्ता घरमै पुर्‍याउनेदेखि सुत्केरी भत्ता बढाउने र सबै वडामा सडक सञ्जाल पुर्‍याउने लगायतका लोकप्रिय निर्णय गर्न थालेका छन् ।