गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध पोखरा र समग्र गण्डकी प्रदेशको विकासका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार भएर अघि बढ्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आज आयोजित नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उनले पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसँगै अगाडि बढ्नुपर्ने बताए ।उनले भने, “पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो, यस सहरलाई कस्तो बनाउने भन