सीमित स्रोत र साधनकाबीच प्रदेश सरकार सफल: मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधन स्रोतकाबीच प्रदेश सरकार स्थापित भएको बताउनुभयो । संविधान दिवसका अवसरमा साेमबार उहाँले प्रदेशको क्षमता अनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको दावी गर्नुभएकाे हाे । उहाँले सीमित साधनस्रोत, अधिकार हस्तान्तरण हुन नसक्नुका साथै जनशक्ति व्यवस्थापनमा ढिलाई भएकै कारण अपेक्षित काम गर्न नसकिएको पनि बताउनुभयो […]