काठमाडौं : निजामती सेवामा ४० वर्ष बिताएर सेवानिवृत्त भएका उपसचिव प्रेमप्रसाद सञ्जेलले घर जाने बेला सामाजिक सञ्जालमा नेपालमा नेता मात्र होइन कर्मचारी पनि उत्तिकै भ्रष्ट भएको लेखेका छन्।५८ वर्षे उमेर हदका कारण असार १५ गते अनिवार्य अवकाश पाएका उनले सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भएको बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, 'अरुले नगरेको तर तैंले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्कें भन्छ। पाए घुस खान्छ। नपाए अफिसको कमिसन खान्छ। भ्रस्टाचार गर्छ। बाल