विद्यार्थीलाई ओपिडी टिकटमा ५० प्रतिशत छुट, यी अस्पतालबाट सेवा पाइने

काठमाडौं : सरकारले विद्यार्थीहरुलाई ओपिडी सेवाका टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले विद्यार्थी परिचय पत्रको आधारमा छुट दिने भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो छुट सेवालाई नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्वागत गरेको छ। साेमबार पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष सुदेश पराजुलीले विगत लामो समयदेखिका माग सरकारले पूरा गरेकोमा खुशी व्यक्त गरे।उनका अनुसार अनेरास्ववियुले

सम्बन्धित सामग्री

चैत १ गते चार रुपैयाँमै कपाल काट्न पाइने

काठमाडौं : बि स्टार एकेडेमी एण्ड युनिसेक्स शैलुनले चैत्र १ गते मात्र ४ रुपैयाँमा कपाल काट्ने साथै सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिस्काउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ।शैलुन आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर ल्याएको सञ्चालक विक्रम गौतमले बताए।  सञ्चालक गौतमले भने,‘हामीले विगतमा झैँ यसपालि पनि पहिलो वर्ष एक रुपैयाँमा, दोस्रो वर्ष दुई रुपैयाँमा, तेस्रो वर्ष तीन रुपैयाँमा गर्दै यसपालि चौथो वार्षिक उत्सवको दिन हामीले चार रुपैयाँमा केश कटिङ्ग

केबलकार सञ्चालनले मौलाकालिकामा दर्शनार्थी बढे

चितवन । केबलकार सञ्चालनमा आएसँगै नवलपुर गैंडाकोटको मौलाकालिका मन्दिर पुग्ने दर्शनार्थीको संख्या बढ्न थालेकोछ । यसअघि दर्शनार्थी पैदल र अटो रिक्सामा मन्दिर पुग्नुपर्ने बाध्यता थियो । विगतको तुलनामा २५ प्रतिशत दर्शनार्थी बढेको धार्मिक सेवा समिति, मौलाकालिकाले जानकारी दिएको छ । समितिका अध्यक्ष शालिग्राम सापकोटाले केबलकार सञ्चालनमा आएपछि हरेक महीना दर्शनार्थीको संख्या २५ प्रतिशत हाराहारीमा बढेको बताए । उनका अनुसार आजभोलि शनिवार एक हजार ५०० को हाराहारीमा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । अन्य दिन औसत ५०० दर्शनार्थी मन्दिर पुग्ने उनको भनाइ छ । बिदाको दिन र पर्व विशेषमा संख्या बढ्ने गरेको छ । दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल हिँड्ने दर्शनार्थी कम हुने गरेको र बिहानमा कतिपय दर्शनार्थी पैदलै मन्दिर पुग्ने सापकोटाको भनाइ छ । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले वैशाख महीनामा २५ हजार र जेठमा बढेर २६ हजारले केबलकारको टिकट काटेको बताए । असार र साउनमा केही घटे पनि साताको बुधवार अपराह्न २ बजेदेखि ५० प्रतिशत छूट पाइने भएकाले दर्शनार्थीको संख्या बढ्दै गएकोे पौडेलको भनाइ छ । अन्य समयमा ५५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । केबलकारको दूरी पाँच मिनेटको छ । केबलकारबाट झरेर केही मिनेट पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएसँगै नवलपरासी, चितवन, तनहुँ लगायत छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ सूर्यास्त भएपछि आरती गरिँदै आएको छ । केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।

सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने भएको छ । अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको जानकारी दिए । तला थप गर्न प्रदेश सरकारले करीब रू. डेढ अर्ब बजेट छुट्ट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको उनले उल्लेख गरे । भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्नेगरी सुविधा विस्तार गर्न लागिएको छ । हालै मात्र अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यहाँ अहिलेसम्म मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपरेमा काठमाडौं नै जानुपर्ने बाध्यता रहेकोमा अब भने यस्तोे जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ । अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान गर्न लागेको छ । यस वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बीमा शुरू गरेको छ । त्यसैगरी अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारी सरोकारवालासँग छलफल गराइएको छ । सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेकाले अस्पतालमा बिरामीको चाप बढ्न थालेको निर्देशक डा. खड्काले बताए । रासस

क्लासिक टेकले ल्यायो 'बडा फेस्टिबल' अफर

काठमाण्डाै – नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरूको महान् चाड दशैँको मौका पारेर फेस्टिबल अफर ल्याएको छ । यो अफर निम्न वर्गलाई लक्षित गरेर ल्याइएकाे कम्पनीले जनाएकाे छ ।  अब एक सय एमबीपीएस इन्टरनेट प्याकेजको मासिक सात सय ४१ रुपैयाँ र आईपीटीभीकाे मासिक एक सय ५० रुपैयाँमात्र पर्नेछ । यस्तै ग्राहकले बजारकाे भन्दा ५० प्रतिशत कम मूल्यमा स्मार्ट टीभीसहितकाे बन्डल अफर पाउने कम्पनीले जनाएकाे छ । यसका साथै एचडीएमआई, वाइफाई/इथरनेट, यूएसबीका लागि तीन वटा पाेर्ट, स्पिकर, टेबल स्ट्यान्ड र वाल माउन्ट पनि पाइने...

सनराइज बैंकले ल्यायो 'सम्पुूर्ण बचत खाता' योजना, यस्ता छन् विशेषता

सनराइज बैंकले आफ्नो ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै  'सन्राइज सम्पुूर्ण बचत खाता' योजना संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने बैंकले जनाएको छ।बैंकका अनुसार उक्त खातामा बैंकले पाँच वर्षका लागि निशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड  जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने छन् । यस बचत खातामा ग्राहकहरुले रु ८०,००० सम्मको अस्पताल भर्ना खर्च र रु २०,००० सम्मको इएम् खर्च बिमाका साथै रु ५ लाख सम्मको दुर्घटनाको बिमा सुबिधा पाइने छ।अस्पताल भर्ना बिमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने बैंकले जनाएको छ । यस स्वास्थ्य बिमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आईएमई क्यापिटलको योजना: २५ सयमा आजीवन डिम्याट सुविधा, साथमा दुर्घटना बीमा

ग्लोबल आईएमई क्यापिटल Global IME Capital  ले दशैँको अवसर पारेर विशेष योजना ल्याएको छ । क्यापिटलले २५ सय धरौटीमा आजीवन डिम्याट र मेरोशेयर खाता निशुल्क उपलब्ध हुने योजना ल्याएको हो ।क्यापिटलका अनुसार तिरेको २५ सय शर्त पुरा गरेपछि ५ वर्षपछि फिर्ता पाइने छ । त्यस्तै यस अफर अन्तर्गत दुर्घटना बीमा हुने र थप १ हजार मै यस योजनामा परिवारका अन्य सदस्यलाई आवद्द गराउन सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार नयाँ ग्राहकका साथ साथै हाल डिम्याट र मेरोशेयर खोलिसकेकाले नविकरण गर्दा यो सेवा पाउन सक्ने छन् । मङ्सिर मसान्तसम्म आवद्द भए पीएमएस सेवामा ५० प्रतिशत छुट पाइने क्यापिटलले जनाएको छ । साथै यस योजनामा आवद्द हुनेले एक वर्षसम्म नेप्सेको सेक्टोरियल टेक्निकल एनालाइसिस रिपोर्ट सित्तैमा पाउने छन् ।

५० % पाहुना राख्न पाउने गरी खुले बागलुङका होटल

साउन १५, बागलुङ । ५० प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी यहाँका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनासहित शुक्रवारदेखि आधा क्षमतामा होटल खोल्न दिने निर्णय गरेको हो । यसअघि होटल तथा रेष्टुराँलाई साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ दिन पाउने प्रावधान तोकिएको थियो । व्यवसायीको मागलाईसमेत दृष्टिगत गरी होटल सञ्चालनको अनुमति दिइएको केन्द्रले जानकारी दिएको छ ।  होटल व्यवसायीले प्रमुख जिल्ला अधिकारीसमक्ष खोपको प्रबन्ध र व्यवसाय सञ्चालनमा सहजीकरण गर्न माग गर्दै गत सोमवार ज्ञापनपत्र बुझाएका थिए । होटल व्यवसायी र कर्मचारीले छिट्टै खोप पनि पाउने भएका छन् । बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीले स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन होटल तयार रहेको बताए । सेवा क्षेत्रका व्यवसायमा आबद्ध सबैलाई खोपको सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ । कोरोनाको प्रत्यक्ष मारमा परेको होटल क्षेत्रलाई उकास्न राज्यले व्यवसायी लक्षित राहत तथा पुनःस्थापना कार्यक्रम ल्याउनुपर्ने माग गर्दै आएका छन् । जिल्लामा झण्डै २०० होटल तथा रेष्टुराँ छन् । बन्दाबन्दी र निषेधाज्ञाका कारण विगत डेढ वर्षदेखि व्यवसाय थलिएको छ । कतिले रोजगारी गुमाएका छन् । रेष्टुराँ सञ्चालनमा भने अझै पनि कडाइ कायमै छ । रेष्टुराँ तथा खाजाघरले साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा दिन पाउँछन् । खुकुला प्रावधानसहित जारी निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म यथावत् रहने केन्द्रले जानकारी दिएको छ ।  सार्वजनिक यातायातदेखि पसल, व्यवसाय सबैलाई समय र सेवाको मापदण्ड तोकेर खुला गरिएको छ । शैक्षिक संस्था, मठ मन्दिरलगायत मानिसको भीडभाड हुने क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले पनि पूर्ववत्रुपमा नियमित सेवा दिइरहेका छन् ।  सहकारीले घरदैलो गरेर बचत संकलन गर्ने कार्यमा भने रोक लगाइएको छ । ‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, शैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर, तालीम केन्द्र आदि सञ्चालनमा भने रोक लगाइएको छ । धार्मिकस्थलमा पनि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने जानकारी दिइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ ।  कोरोना भाइरस संक्रमण रोक्न जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । यहाँ कोरोनाका सक्रिय संक्रमित ३४४ छन् भने ६२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । रासस

नागरिक लगानी कोषको 'कोभिड प्रभावित विशेष सापटी' योजना, ५० प्रतिशत रकम लिन पाइने

नागरिक लगानी कोष (सीआईटी) ले कोभिड-१९ बाट प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई विशेष सापटी सेवा सञ्चालनमा ल्याएको छ ।

‘भाडा नबढाऊ तर पूरै सिटमा यात्रु राखेर जहाज उडाउन पाउनुपर्छ’

काठमाण्डौ – वायु सेवा सञ्चालकले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने नियम खारेज नभए जहाज नै नउडाउने भएका छन् ।  सरकारले असोज १ गतेदेखि आन्तरिक उडान गर्न पाइने तर सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने नियम बनाएको छ । तर वायु सेवा सञ्चालक सङ्घले भने यस्तो नियम संसारमा कतै नभएको भन्दै पूर्ण...

नमुना शहर चाैरजहारीमा नगर बस: ५० प्रतिशत छुटमा यात्रा गर्न पाइने

रुकुम पश्चिम – सरकारले घोषणा गरेको १० नमुना शहरमध्येको चौरजहारी नमुना शहरमा अब नगर बस सञ्चालन हुने भएका छन् ।  चौरजहारी नगरपालिकाले सञ्चालन गर्ने नगर बसमा यात्रुहरुले ५० प्रतिशत छुटसमेत पाउनेछन् ।  आफ्नै बस सञ्चालन गरेर नगरमा सहज र सुविधायुक्त यातायात सेवा दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका अन्त...