सनराइज बैंकले ल्यायो 'सम्पुूर्ण बचत खाता' योजना, यस्ता छन् विशेषता

सनराइज बैंकले आफ्नो ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै  'सन्राइज सम्पुूर्ण बचत खाता' योजना संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने बैंकले जनाएको छ।बैंकका अनुसार उक्त खातामा बैंकले पाँच वर्षका लागि निशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड  जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने छन् । यस बचत खातामा ग्राहकहरुले रु ८०,००० सम्मको अस्पताल भर्ना खर्च र रु २०,००० सम्मको इएम् खर्च बिमाका साथै रु ५ लाख सम्मको दुर्घटनाको बिमा सुबिधा पाइने छ।अस्पताल भर्ना बिमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने बैंकले जनाएको छ । यस स्वास्थ्य बिमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित सामग्री

सनराइज बैंक र प्रभु अस्पतालबीच सम्झौता, बचतकर्ता र कर्मचारीलाई उपचारमा छुट

वीरगंज : सनराइज बैंक वीरगंज शाखा र प्रभु हस्पिटल पानीट्यांकी वीरगंजबीच स्वास्थ्य बिमा सम्झौता भएको छ। सनराइज बैंकमा बचत खाता भएका ग्राहकलाई अस्पतालमा उपलब्ध सबै सेवामा १५ प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डा अभिषेक अर्यालले बताए। त्यसैगरी, सनराइज बैंकका कर्मचारीहरुलाई २० प्रतिशत