नेपालको कम्युनिष्ट आन्दोलनको शक्तिलाई विभाजित गर्ने र तिनै विभाजित पार्टीका नेताहरुको उपयोगमार्फत आफनो शक्ति सिर्जना गर्ने काममा अहिलेको सरकार र सरकारको नेतृत्व गर्ने राजनीतिक दल नेपाली काँग्रेसले मज्जाले गरिरहेको छ ।नेपाली काँग्रेसका अधिकांश नेताहरु संसारमा कम्युनिष्ट पार्टीहरु उहिले समाप्त भैसकेको र नेपालमा कम्युनिष्ट पार्टीहरुले दुई तिहाईको सरकार सञ्चालन गर्न असक्षम भएपछि नेपालमा पनि कम्युनिष्ट पार्टीहरु समाप्तीतिर अघि बढिरहेको अभिव्यक्ति दिदै विभाजित कम्युनिष्ट पार्टीहरुलाई मज्जाले उपयोग गरि