कर्पाेरेटपेमा अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा

व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पाेरेटपेमा अनलाइन रजिस्टर गर्न सकिने सुविधा ल्याइएको छ । कर्पाेरेटपे प्रणालीको स्तरोन्नति गरी विभिन्न सुविधाहरूसँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप गरेको हो ।

सम्बन्धित सामग्री

कर्पोरेट पेमा अनलाइन रजिस्ट्रेसन सुविधा

काठमाडौं (अस) । व्यावसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेट पे प्राणालीको स्तरोन्नति गरी विभिन्न सुविधासँगै अनलाइन रजिस्टर गर्न सकिने सुविधा  थप भएको छ । बैंक, वित्तीय संस्थाका साना, मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले अब अनलाइन माध्यमबाटै प्रारम्भिक रजिस्ट्रेसन प्रक्रिया पूरा गरी सेवा सुरु गर्न सक्नेछन् । उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीका लागि क्विक पेमेन्ट, खाताको स्टेटमेन्ट हेर्नेलगायत अन्य सेवा सुविधा थपिएका छन् । अनलाइन रजिस्ट्रेसनका निम्ति बैंक, वित्तीय संस्थाका व्यावसायिक ग्राहकले  कम्पनीको इमेलमा मागिएका कम्पनीसम्बन्धी विवरण दाखिला गरी, आवश्यक्ताअनुरूप बैंक खातासम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिस्ट्रेसन प्रक्रिया पूरा गर्न गर्नुपर्नेछ ।