जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो ।पोकबाट नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक विस्तारका क्रममा नेटाखण्डको पाखोमा फालिएका ढुङ्गा–माटोले हाडेभिरको बस्ती, स्वास्थ्यचौकी जोखिममा पर्नुका साथै खानेपानीको मुहान, सिँचाइको नहर र खेतीयोग्य जमिन पुरिएको छ ।पहिराले खिमबहादुर रोका, कर्णबहादुर रोका, रनवीर रोकासहि