सिन्धुलीका मुख्य शहरमा जथाभावी राखिएका निर्माण सामग्रीले आवागमनमा समस्या

सिन्धुली । सिन्धुलीका ठूला शहर बजारहरू सिन्धलीमाडी र दुधौली लगायतका मुख्य सडकमा जथाभावी रूपमा थुपारिएका निर्माण सामग्रीहरूका कारण बजार क्षेत्रहरूमा आवागमनमा समस्या भएकाे छ । सिन्धुलीमाडीमा अवस्थित स्थानीय कमलामाई नगरपालिकाको बजार क्षेत्रमा नयाँ घरहरू निर्माण गर्न थालेपछि सडक नै अवरोध हुने गरी निर्माण सामग्रीहरूको थुप्राहरू बढेको स्थानीयले बताएका हुन् । कमलामाई नगरपाकिला र दुधौली नगरपालिकाको […]

सम्बन्धित सामग्री

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै...

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनौं गाउँमा खानेपानीको समस्या हुन थालेको छ । सुक्खायाम शुरू भएसँगै ग्रामीण बस्तीमा खानेपानीको अभाव हुन थालेको हो । यो वर्ष खानेपानीका अधिकांश मुहान सुक्न थालेका छन् । लामो समयसम्म पानी नपर्दा मुहानमा पानीको मात्रा घटेकाले स्थानीयवासीलाई सास्ती भएको छ । पहाडी क्षेत्रमा खानेपानीको समस्या वर्षेनि बढ्दै गएको छ । शैल्यशिखर नगरपालिका–६ को धौखानी र उदपुरलगायत क्षेत्रमा खानेपानीको निकै समस्या भएको स्थानीयवासी श्याम सिंह धामीले बताए । उक्त क्षेत्रका करीब ३० घर र सोही ठाउँमा रहेको शैल्य आधारभूत विद्यालयमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीयवासी नरेन्द्र धामीको भनाइ छ । जिल्लाका ९ ओटै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको   शैल्यशिखर गाउँपालिका–६ का वडाध्यक्ष जगदीशसिंह धामीले बताए । त्यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत भगवती, सिराड, हुनैनाथलगायत बस्तीहरूमा पनि खानेपानीको अभाव रहेको पालिकाका उपाध्यक्ष कल्याणसिंह धामीले बताए । जिल्लाका धेरैजसो ठाउँमा लिफ्ट खानेपानीका योजना रहे पनि समयमै मर्मत नहुँदा स्थानीयवासीले खानेपानीको समस्या खेप्नुपरेको छ । शैल्यशिखरका केही बस्तीमा खानेपानीका कतिपय मुहानमा बर्खायाममा बाढीपहिरोले क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त मुहानको मर्मतमा स्थानीय सरकारले चासो नदिएको स्थानीयवासी गोपालसिंह धामीको गुनासो छ ।      जिल्लाका अधिकांश ठाउँमा सडकलगायत भौतिक संरचना निर्माण गर्दा मुहानहरू पुरिएर पनि खानेपानीको समस्या भएको छ । जलवायु परिवर्तन, जथाभावी निर्माण, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप, वन विनाश आदिले समेत पानीका मुहान नासिँदै गएका छन् । रासस

सिमकोटका लागि डम्पिङ साइट निर्माण सुुरु

सिमकोट – सदरमुुकाम सिमकोटका लागि फोहोरमैलाको स्थायी समस्या समाधान गर्नका लागि नयाँ डम्पिङ साइट निर्माण सुुरु गरिएको छ। डम्पिङ साइट नभएका कारण सिमकोट बजारको फोहोर जथाभावी फाल्नुु परिरहेका बेला स्थान छनोट गरेर निर्माण सुुरु गरिएको हो। गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोट गाउँपालिका– ६ चिसामुल क्षेत्रलाई डम्पिङ साइट छनोट गरेर निर्माण सुुरु भएको बताए। यसका लागि […]

सडकमा जथाभाबी ढंगले राखिएका पार्किङ हटाउन वीरगञ्ज महानगरको चेतावनी

वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी ढंगले राखिएका पार्किङ हटाउन चेतावनी दिएको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको हो । महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो । सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा

खोटाङमा कृषि उपज चिस्यान केन्द्र निर्माण

खोटाङ । संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहयोगमा खोटाङमा कृषि उपज चिस्यान केन्द्र निर्माण गरिएको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्ने उद्देश्यले जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा चिस्यान केन्द्र निर्माण गरिएको हो । दिक्तेल–१४ बुइपास्थित पञ्चदोबाटोमा चिस्यान केन्द्र निर्माणका लागि संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र नगरपालिकाले सहयोग गरेका छन् । संसद निर्वाचन क्षेत्र विकास कोष तथा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको नगरपालिकाले जानकारी दिएको छ । सांसदले खर्च गर्न पाउने गरी बजेटमार्फत दिइने निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम जथाभावी खर्च भइरहेको भन्दै आलोचना हुने गरेकोमा खोटाङमा चिस्यान केन्द्र निर्माणमा खर्च गरेपछि प्रशंसा भइरहेको छ । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र नगरपालिकाको ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रवारदेखि सञ्चालनमा ल्याइएको छ । लाखौंको कृषि उपज कारोबार हुने बुइपास्थित पञ्चदोबाटोको शुक्रबारे हटियामा यसअघि चिस्यान केन्द्र नहुँदा किसानलाई भण्डारणमा ठूलो समस्या हुँदै आएको थियो । वर्षौंदेखि कृषकले भोग्दै आएको भण्डारण सम्बन्धी समस्या चिस्यान केन्द्र सञ्चालनमा आएसँगै अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामा समेत निकासी गर्ने योजना बनाइएको छ । चिस्यान केन्द्रमा भण्डारण गरेर राखिएका हरियो तरकारी १ महीनासम्म र फलफूल चारदेखि ६ महीनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको नगरपालिकाको भनाइ छ । रासस

मन्त्री झाँक्रीले हटाइन् धोबीखोला करिडोर सडक ओगटेर राखिएका निर्माण सामग्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् । धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो गरेका थिए । स्थानीयको उक्त गुनासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाएको हो ।काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नारायण भण्डारीले

जथाभावी निर्माण सागग्री राख्दा सडक अस्तव्यस्त

रुकुम पूर्व : सिस्ने गाउँपालिका‐६ रुकुमकोटमा निर्माण सामग्री जथाभावी राखिँदा बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ। रुकुम पूर्वको मुख्य बजार रुकुमकोटसँगै अन्य सडकमा पनि जथाभावी निर्माण सामाग्री राख्ने गरेकाले सडक अस्तव्यस्त भएको छ।घर तथा अन्य पूर्वाधारका निर्माणका लागि गिट्टी, ढुंगा, बालुवालगायतका सामग्री सडकमा जथाभावी राखेकाले सवारी साधन तथा पैदल यात्रीलाई समस्या भरहेको छ। भर्खरै बजारीकरण हुँदै गरेकाले पनि यहाँ पैदल हिँड्नेका फुटपाथ निर्माण भएको छैन। त्यही सडकमा निर्माण सामग्री राखिँदा सास्ती भो

जथाभावी नदीजन्य वस्तु उत्खननले विकास निर्माणमा समस्या

भौतिक संरचना निर्माण भइरहेका ठाउँ नजिकैबाट नदीजन्य वस्तुको उत्खनन गर्दा निर्माण भएका तथा निर्माणाधीन संरचनालाई क्षति पुग्ने गरेको छ।

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताउनुभएको छ ।