सरकार परिवर्तनसँगै करारका कर्मचारी राख्ने र हटाउने परम्परा नेपालमा एउटा ठूलो समस्या बनेको छ । आफू अनुकूलको सरकार बनेपछि चुनावमा प्रचार प्रसारका लागि आफ्ना समर्थक र आफन्तलाई करारमा जथाभावी नियुक्ति गर्ने विकृति नेपाली राजनीतिमा धेरै छ । यही नियुक्ति विवादले अहिले देशभर विद्रोहको आगो बल्दैछ । त्यही कारण विवाद र तोडफोडका घटना बढ्दै गएको छ । देशमा बेरोजगारी समस्याले दैनिक हजारौँ युवा विदेश पलायन भइरहेका छन् । सरकार सञ्चालनको बागडोर सम्हाल्नेहरू आफ्नो क्षणिक स्वार्थमा लागिपरेका कारण देशमा भ्रष्ट