नेपाली कांग्रेसका नेता रमेश लेखक कञ्चनपुर ३ बाट भारी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले राप्रपाको समर्थन पाएकी एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गराएका हुन् । लेखकले ३० हजार ५२३ मत ल्याउँदा पालले १८ हजार ४४८ मत मात्र पाएकी छिन् । ०७४ मा तत्कालीन गठबन्धनका साझा उम्मेदवार दीपकप्रकाश भट्टसँग २५६ मतले पराजित लेखकले ह्याट्रिय गरे । २०५६ मा कञ्चनपुर – ३ बाट निर्वाचित भएका उनी २०७० मा तत्कालिन कञ्चनपुर – ४ विजयी भएका थिए । २०६४