सुर्खेत । कर्णाली प्रदेशमा तत्कालीन द्वन्द्वको प्रभावले बालबालिकासमेत सुरक्षित नरहेको एक प्रतिवेदन औँल्याएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते तिलागुफा नगरपालिका–१० कालीकोटस्थित रानावाडा गाउँमा भएको बम विष्फोटको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन द्वन्द्वबाट बालबालिका असुरक्षित भएको बताएको छ । उक्त घटनाको स्थलगत अध्ययन इन्सेकसहित मानवअधिकारको टोलीले गरेको […]