काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उद्योग परिसङ्घले अगाडि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’ को सफलताको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छलफलमा राष्ट्रपति भण्डारीले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसङ्घले उठाएकामा धन्यवाद व्यक्त गर्नुभएको परिसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अभियानलाई सफल बनाउनका लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने राष्ट्रपतिको भनाइ छ । निजी क्षेत्र र सरकारब