‘मेक इन नेपाल स्वदेशी अभियान’ को अर्थमन्त्रीद्वारा प्रशंसा

नेपाल उद्योग परिसंघ (सीएनआई)ले बुधवार अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा भेटेर सुझावपत्र हस्तान्तरण गरेको छ । सुझावपत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थमन्त्रालयद्वारा सार्वजनिक आर्थिक अवस्थाको जानकारीपत्रमा उल्लेख भएबमोजिम उत्पादनशील अर्थतन्त्रमा रुपान्तरण गर्नको लागि सिएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ ले महत्वपूर्ण सहयोग पु¥याउने भन्दै विभिन्न ३४ वटा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औंल्याइएको छ । त्यसको लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानुन

सम्बन्धित सामग्री

मेक इन नेपाल ‘स्वदेशी’ अभियान : सरकार सहुलियत दिन तयार

उद्योग सचिव तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताएका छन् । औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उनले उद्योग मन्त्रालय उद्योगीहरूलाई सहजीकरण गर्न तयार रहेको र उद्योगीहरूको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए । आठौं उद्योग दिवसका अवसर पारेर नेपाल उद्योग परिसंघले गरेको अन्तक्रियामा उद्योग […]

मेक इन नेपाल स्वदेशी अभियान आत्मनिर्भर अर्थतन्त्रको जग : प्रधानमन्त्री देउवा

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड– १९ विरुद्धको निःशुल्क खोप पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धि सरकारको प्राथमिकतमा रहेको जानकारी दिनुभयो । ‘हामीले विकासलाई प्राथमिकता दिए पनि त्योभन्दा पहिले नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यसकारण पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।’ प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगिकीकरणलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गरे । परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने उनले बताए । महामारीका कारण कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे । यसैगरी परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले संस्थाले महत्वपूर्ण थिंक ट्यांकको रूपमा काम गरिरहेको जानकारी दिए । साधारणसभामा नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक हुने धारणा व्यक्त गरे । उनले भारत सरकारले  लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको उदाहरण प्रस्तुत गरे । साधारणसभामा परिसंघ अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रूपमा परिसंघलाई अघि बढाएको जानकारी दिए । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे । कार्यक्रममा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिएका थिए । युनियन अफ एसियन चेम्बर्स गठन परिसंघको साधारणसभामा प्रधानमन्त्री देउवाले युनियन अफ एसियन चेम्बर्सको घोषणा गर्नुभएको छ । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनियन अफ एसिएन चेम्बर्स गठनको घोषणा गरिएको हो । युनियन अफ एसियन चेम्बर्सको नेतृत्व हाल परिसंघ उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् । चौधरीले एसियाली देशमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको जानकारी दिए । परिसंघ अध्यक्षमा अग्रवाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् । संस्थाको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघ अध्यक्ष चुनिएका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष थिए । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक हुन् । परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् ।

‘मेक इन नेपाल स्वदेशी–अभियान’ कार्यान्वयनमा सरकारको बलियो साथ रहन्छः अर्थमन्त्री

काठमाडौं, साउन ५ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने बताएका हुन् । ’मैले मन्त्री भएलगत्तै […]

‘मेक इन नेपाल स्वदेशी’ अभियानलाई कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री शर्माले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै रहेको जिकिर गर्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ र सपोर्ट रहने बताए ।  ‘मैले मन्त्री

मेक इन नेपाल-स्वदेशी अभियान : RajdhaniDaily.com

RajdhaniDaily.com | नेपालका स्वदेशी वस्तु वा सेवाको उत्पादन उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाइएको ‘मेक इन नेपाल— स्वदेशी अभियान’ कार्यक्रम कार्यन्वयन हुने - मेक इन नेपाल

वार्षिक डेढ लाख रोजगारी सिर्जना

औद्योगिक उत्पादन वृद्धि गरी स्वदेशमा वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले औपचारिक रूपमा अभियान प्रारम्भ भएको छ।...

‘मेक इन नेपाल–स्वदेशी’ अभियानका लागि परिसंघ र सरकारबीच समझदारी

नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच समझदारी भएको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा नेपाल सरकारले प्रतिवद्धतासमेत जनाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाललाई […]

मेक इन नेपाल स्वदेशी–अभियान सफल पार्न राष्ट्रपतिको शुभकामना

नेपाल उद्योग परिसंघले व्यापकरुपमा अघि बढाएको मेक इन नेपाल–स्वदेशी अभियानको सफलताका लागि राष्ट्रपतिले शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएकोमा धन्यवाद समेत व्यक्त गरिन् । यस अभियानलाई सफल बनाउनका लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने बताइन ।उनले निजी क्षेत्र र सरकारबीचमा औद्योगिक […]

‘मेक इन नेपाल स्वदेशी–अभियान’ अन्तरआत्मामा लागेको विषय: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उद्योग परिसङ्घले अगाडि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’ को सफलताको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छलफलमा राष्ट्रपति भण्डारीले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसङ्घले उठाएकामा धन्यवाद व्यक्त गर्नुभएको परिसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अभियानलाई सफल बनाउनका लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने राष्ट्रपतिको भनाइ छ । निजी क्षेत्र र सरकारब

उद्योग परिसंघले ‘मेक इन नेपाल-स्वदेशी’ अभियान चलाउने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले मेक इन नेपाल–स्वदेशी अभियान चलाउने भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ परिसंघले मेक इन नेपाल–स्वदेशी अभियानलाई प्राथमिकताका साथ अगाडी बढाउने भएको हो । सोमबार परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले उद्योग, वा...