बेलायती प्रधानमन्त्री ऋषि सुनक र अमेरिकी अर्बपति इलन मस्कले बिहीबार साँझ लाइभ संवाद हुने भएको छ । बेलायत सरकारले बुधबारबाट सुरु गरेको दुई दिने 'आर्टिफिसियल इन्टेलिजेन्स सेफ्टी समिट' का अवसरमा सुनक र मस्कले सूचना प्रविधि क्षेत्रमा भइरहेका नविनतम विकासहरूबारे छलफल गर्नेछन् ।