लण्डन : बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफूले भेदभाव भोग्नुपरेको खुलासा गरेका छन्। यद्यपि अहिले बेलायतले परिस्थितिसँग जुध्न उल्लेखनीय प्रगति गरेको भन्दै यसको बचाउ गरेका छन्।भारतीय मूलका बेलायती नेताले बिहीबार राति पत्रकारहरूसँगको संवादमा उक्त खुलासा गरेका हुन्। जुन उनले बकिङ्घम प्यालेस (बेलायती राजदरवार) मा जातीय र रंग विभेदको मुद्दा चर्किएका वेला उक्त खुलासा गरेका हुन्।राजदरबारकी वरिष्ठ अधिकारी ८३ वर्षीया 'गडमदर' सुजन हसीले परोपकारी संस्थाकी कार्यकर्ता अश्वेत बेलायतीलाई