महिला नेतृत्वको व्यवसायको उत्थानशील विकास परियोजना सम्पन्न

वैशाख २९, काठमाडौं । घरेलु सामाग्री उत्पादक महिलाहरु समेत रहेको महिला नेतृत्वको व्यवसाय तथा उपभोक्ता उत्थानशील विकास परियोजना सम्पन्न भएको छ । ठूलो डट कम र व्यवस्थापन, आर्थिक सुधार तथा लैंगिक समानताका लागि उद्यम (इमर्ज) ले मिलेर महिला उद्यमीहरुको सशक्तिकरण पहल गर्न उद्यमी उत्धान अभियान अन्तर्गत सो परियोजना शुरु गरेका थिए । यस परियोजनालाई अमेरिकी सहयोग नियोग (यूएसएड)को तयार नेपाल, सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले टेवा दिएको थियो ।  परियोजनाबाट प्राप्त नतिजाहरुबारे जानकारी दिन र यो सम्पन्न भएको घोषणा गर्न सन् २०२२ को मे ११ मा भर्चुअल र प्रत्यक्ष रुपमा दुबै माध्यमबाट वर्कशपको आयोजना गरिएको थियो । कार्यक्रममा इमर्जकी सीईओ डा. मोना श्रेष्ठ अधिकारीले सहभागीहरुको स्वागत गरेकी थिइन् । यस क्रममा परियोजनाले उत्थानशील व्यवसाय निर्माण गर्न तालिम उपलब्ध गराएको, हितकारीहरुलाई ठूलो डट कमबाट ई–कमर्श मञ्चहरुमा आबद्ध गराएको र वित्तमा पहुँच र व्यवसायको निरन्तरता एवम् विस्तारको लागि आवश्यक जोखिम रकमको जोहो गरेको लगायत जानकारी पनि उनले दिएकी थिइन् । परियोजनाले व्यवसाय र उपभोक्ताहरुलाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनबारे निर्धारित वेबपेज र मोबाइल एपबाट सचेतना पनि जगाएको थियो । आफूले दिएको अनुदान कार्यान्वयनका लागि ठूलो डट कम र इमर्जसँगको सहकार्य अद्भूत रहेको यूएसएड–तयार नेपालको चीफ अफ पार्टी त्यामी ह्यारिसले बताइन् । 

सम्बन्धित सामग्री

सिंहदरबारमा अमेरिकी राजदूतको सक्रियता, एकैदिन भेटे परराष्ट्र र अर्थमन्त्रीलाई

काठमाडौ, २७ फागुनः नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज (आइतबार) भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो […]

अफगानिस्तानमा ११० वटा विकास परियोजना सुरू

अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म ११० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरू गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताएका छन्।हकशेनसलाई उद्धृत गर्दै टोलोन्यूजले आइतबार प्रकाशित गरेको समाचारअनुसार विगत १० महिनामा दुई अर्ब अफगानी (एक अमेरिकी डलर बराबर ७० अफगानी रूपैया) मूल्यका ९० भन्दा बढी मर्मत सम्भार परियोजना सम्पन्न भएका छन्।हकशेनासका अनुसार सुरू गरिएका परियोजनामा देशका विभिन्न भागमा करिब एक हजार किलोमिटर सडक, ३० वटा पुलका खम्बा,

नेपाल-भारत विद्युतीय भुक्तानी छिटाे कार्यान्वयन गर्न भारतीय अर्थमन्त्रीकाे आग्रह

भारतको गुजरातमा भइरहेको जी-२० मुलुकका अर्थमन्त्रीहरूको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ। छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएका छन्। अर्थमन्त्री महतको सचिवालयका...

अर्थमन्त्री महत र भारतीय समकक्षी सीतारमणबीच गुजरातमा भेटवार्ता

भारतको गुजरातमा भइरहेको जी–२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय समकक्षी निर्मला सीतारमणबीच द्विपक्षीय साइडलाइन बैठक सम्पन्न भएकाे छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।  भेटमा नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिनुभयो । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणमका क्रममा सम्पन्न बिजुली निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आउँदाे १० वर्षमा १० हजार मेगावाट बिजुल...

विचार, विकास, विवाद र गठबन्धन

विभिन्न गठबन्धनलाई जोडेर सरकार बनाइएको अहिलेको अवस्थामा प्रत्येक एजेन्डामा फरकफरक चिन्तन र विचारमा मतभेद आउनु स्वाभाविकै हो । नेपालको संविधान अनुसार पहिलो तथा दोस्रो आम निर्वाचनपछि अहिलेसम्म एउटामात्र पार्टीको सरकार बन्ने अवस्था आएको छैन । अबका दिनमा एकल सरकार बन्ने अवस्था निकै झीनो छ । तसर्थ कुनै न कुनै रूपमा बहुध्रुवीय विचारको सहमतिले प्रतिध्रुवीय विचारलाई परास्त गर्दै देशको विकास गर्नुपर्ने आवश्यकता छ । विकास नितान्त प्राविधिक कार्य हो, यसमा विचारले के गर्छ भन्नेहरू पनि भेटिन्छन् । तर, विकास इतिहासको कुनै पनि काल खण्डमा केवल प्राविधिक विषय रहेन । हामीहरूले निजगढ अन्तरराष्ट्रिय विमानस्थल राष्ट्रिय आवश्यकताको प्राथमिकतामा कति नम्बर पर्छ भन्ने हो भने विभिन्न मत प्राप्त हुन्छन् । विचारमा वस्तुनिष्ठ विविधता पक्कै पनि राम्रो कुरा हो । तर, आर्थिक, सामाजिक, वातावरणीय पक्ष र भोलिको उपलब्धिसमेतलाई विश्लेषण नगरी केवल विरोधका लागि विरोध र समर्थनका लागि समर्थन गर्ने परिपाटी नेपालमा देखिन्छ । यसले गर्दा सरासर काम गर्न सरकारलाई कठिन हुन्छ किनकि सरकार बहुध्रुवीय सोचको गुँड बनेको छ । विचारमा द्वन्द्व र मतभेदहरू घनीभूत हुन सक्छन् । तर, विकासको प्रक्रिया, मोडल र साधनस्रोतको उपलब्धता सबै स्पष्ट छ भने धेरै द्वन्द्व र मतभेद नहुनुपर्ने हो । हामीमा अहिलेसम्म नि:स्वार्थ विकास परियोजना छनोटको मोडलको विकास भएको छैन । यही कारण हाम्रा अत्यावश्यक योजना पनि समयमा पूरा हुन सकेका छैनन् । आफ्नो पार्टीको स्वार्थ मिलेमा अनावश्यक परियोजना पनि सजिलै पारित हुने तर स्वार्थ बाझिएमा आवश्यक योजनामा पनि विवाद हुने अवस्था गठबन्धनमा हुन्छ । यो समस्या मात्र होइन अति उपयोगी क्षेत्रमा विकास गर्ने अवसर पनि हो । मेलाम्ची खानेपानी आयोजनामा विरोध गर्ने कोही थिएन र पनि यो योजना पूरा हुन वर्षौं लाग्यो । फास्टट्र्याकमा विरोध गर्नुपर्ने कुनै कारण छैन र पनि काममा तीव्रता आउन सकेको छैन । बूढीगण्डकी जलाशययुक्त विद्युत् परियोजना त शुरू हुनै सकेको छैन । यसरी आआफ्नो आर्थिक दुनो सोभ्m्याउन कुनै योजनाको काम रोक्ने, ठेक्का तोड्नेजस्ता कामले त्यो योजनाको लागत व्यापक रूपमा बढेको देखिएको छ । हाम्रो देशको समस्या भनेको योजनाको प्राथमिकीकरण राम्रोसँग हुन नसक्नु हो । परियोजनाबाट हुने लाभ, त्यसको लागत र आवश्यकतामा भन्दा त्यो योजना सफल भएमा चुनावी भोट कुन पार्टीलाई जान्छ भन्ने कुतर्कबाट विकासका गतिविधि प्रभाव पार्ने प्रवृत्ति नेपालमा छ । यो नै विकासको मूल बाधक हो । त्यसैले आवश्यक योजनालाई निरापद रूपमा अगाडि बढाउने भन्ने बारेमा सोच्ने परिपाटी गठबन्धनभित्र नै खोजिनुपर्छ । विकासमा वैचारिक मतभेद हावी नहोस् भन्ने सूत्रको खोजी हुन जरुरी छ । कुनै आयोजना मानिसलाई अत्यावश्यक हुन्छन् भने त्यस्ता योजनालाई सबै सरोकारवालाले सकारात्मक हरियो झण्डा देखाउनुपर्छ । साथै सरकारले पनि योजनाको आवश्यकताको गहिराइलाई स्पष्टसँग सरोकारवालासँग राख्नुपर्छ । भौतिक विकासले सबै जनता र सबै भौगोलिक क्षेत्रलाई नसमेट्न सक्छ तापनि समानुभूतिको शक्तिलाई प्रस्फुटन गरी अरूको अति आवश्यकतालाई आफ्नो सामान्य आवश्यकताभन्दा माथिल्लो श्रेणीमा राखेर हेर्ने परिपाटीको विकास हुनुपर्छ । सबैका समस्यालाई सकेसम्म छिटो समाधान गर्ने प्रयास राज्यले गर्नुपर्छ तर पनि थोरै मानिसको उस्तै समस्यालाई भन्दा धेरै मानिसको समान समस्या समाधानमा बढी प्राथमिकता दिनुपर्छ । थोरै जनतालाई अति बढी पीडा छ भने त्यसलाई सक्दो छिटो समाधान गरिनुपर्छ । ठेकेदार फेर्दा अमुक व्यक्ति वा नेतालाई बढी फाइदा हुन्छ वा अमुक पार्टीलाई चुनाव खर्च उठाउन सजिलो हुन्छ, अर्थात् राजनीतिक स्वार्थ पूरा हुन्छ । त्यसैले सरकार फेरिनासाथ योजनाका गति रोकिन्छन् । यस्ता कुरा सत्य हुन् वा होइनन् यो लेखले पुष्टि गर्न सक्दैन तर ठेकेदार कम्पनी फेर्दा आयोजनाको लागत बढ्ने गरेका अनेक उदाहरण हामीमाझ छन् । यी कुराहरूको निर्ममतापूर्वक छानबिन गरिएन भने सरकारको काम पनि नदेखिने र जनताले लाभ पनि नपाउने अवस्था रहिरहन्छ । विकासका लागि विचार अन्तिम साधन होइन, काम हो । त्यो भन्दा पनि कुन काम पहिला गर्ने भन्ने प्राथमिकताको छनोट गर्न सक्नु हो । उद्विकास प्राकृतिक तत्त्व भएकाले यसलाई रोक्न सकिँदैन । चौरमा भए पनि बच्चा पढाउनुपर्‍यो । बिस्तारै सुविधा सम्पन्न विद्यालय भवन बनाउँदै जाने हो । विकास तथा उद्विकास आफ्नै प्रक्रियाले अगाडि बढ्नेमा विवाद भएन तर कुन काम कतिबेला गर्ने र परियोजनामा मितव्ययिताको व्यवस्थापन कसरी गरेमा देशको विकास छिटो भन्नेमा सरकारमा संलग्न भएका दलहरू बीच अनावश्यक खिचलो हुनु हुँदैन । एकआपसमा घनीभूत चिन्तन गरेर सकेसम्म छिटो अतिआवश्यक परियोजना पूरा गर्नेतर्फ लाग्नुपर्छ । सरकारमा बस्नेहरूले कुनै पनि निजी स्वार्थ त्याग्ने हो भने दिगो विकासका लक्ष्यहरू पूरा गर्न कठिन हुँदैन । यो लेख भावनात्मक होला तर प्रयोगात्मक रूपमा हेर्ने हो भने विकासका लागि विरोधलाई थाती राखेर अघि बढ्नुको विकल्प छैन । विकास भौतिकमात्र हुँदैन, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, जनताको अमनचैन जस्ता विविध पक्षसँग सम्बद्ध हुन्छ । त्यसैले विविध विचार बोकेर आएका सरकारका सदस्यहरूले उच्चस्तरको सकारात्मक ऐक्यबद्धता कायम गर्दै लैजानुपर्छ । जतिसुकै सहमतिको प्रयास गरे पनि बहुदलमा विवाद, द्वन्द्व, क्रिया प्रतिक्रिया निरन्तर चलिरहन्छ । यो सबैसँग डटेर अगाडि बढ्नु, खटेर काम गर्नु नेपालको वर्तमान आवश्यकता हो । सरकारले अनेक द्वन्द्व र विरोधका बीच पनि विकासको गतिलाई तीव्र गतिमा गतिशील बनाउन सक्नुपर्छ । सानातिना अवरोधमा डराउने काम सरकारले गर्नु हुँदैन । सरकार नदी हो पानी होइन । पानी बढी भएमा बाढी बन्न सक्छ । तर, नदीले बाढीलाई आत्मसात् गरेर सागरसम्म पुग्ने बाटो दिन्छ । सामान्य अवस्थामा खेत खेतमा पुग्ने नहर बन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।

विआरआईका नाममा चिनियाँ विस्तारवाद विरुद्ध काठमाण्डौंमा गोष्ठी

राष्ट्रिय एकता अभियानले शनिवार नयाँ वानेश्वर स्थित अल्फा हाउसमा चीनको महत्वकांक्षी योजना विआरआईका विषयमा विचार गोष्ठी सम्पन्न गरेको छ। ‘विआरआई विकास परियोजना की चिनियाँ विस्दावाद’ विषयक गोष्ठीमा वक्ताहरुले उक्त योजनाका विषयमा आ–आफनो ...

महिला नेतृत्वको व्यवसायको उत्थानशील विकास परियोजना सम्पन्न

काठमाडौं (अस) । महिला नेतृत्वको व्यवसाय तथा उपभोक्ता उत्थानशील विकास परियोजना सम्पन्न भएको छ । ठूलो डटकम र व्यवस्थापन, आर्थिक सुधार तथा लैंगिक समानताका लागि उद्यम (इमर्ज)ले मिलेर महिला उद्यमीहरूको सशक्तीकरणमा पहल गर्न उद्यमी उत्थान अभियान अन्तर्गत सो परियोजना शुरू गरेका थिए । यस परियोजनालाई अमेरिकी सहयोग नियोग (यूएसएड)को तयार नेपाल, सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले सहयोग गरेको थियो । परियोजनाबाट प्राप्त नतीजाहरूबारे जानकारी दिन र यो सम्पन्न भएको घोषणा गर्न सन् २०२२ को मे ११ मा भर्चुअल र प्रत्यक्ष दुवै माध्यमबाट वर्कशपको आयोजना गरिएको थियो । कार्यक्रममा इमर्जकी सीईओ डा. मोना श्रेष्ठ अधिकारीले सहभागीहरूको स्वागत गरेकी थिइन् । यस क्रममा परियोजनाले उत्थानशील व्यवसाय निर्माण गर्न तालीम उपलब्ध गराएको, हितकारीलाई ठूलो डटकमबाट ई–कमर्श मञ्चहरूमा आबद्ध गराएको, वित्तमा पहुँच र व्यवसायको निरन्तरता एवं विस्तारका लागि आवश्यक जोखिम रकमको जोहो गरेको लगायत जानकारी पनि उनले दिएकी थिइन् । परियोजनाले व्यवसाय र उपभोक्तालाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनबारे वेबपेज र मोबाइल एपबाट सचेतना पनि जगाएको थियो । आफूले दिएको अनुदान कार्यान्वयनका लागि ठूलो डटकम र इमर्जसँगको सहकार्य महत्त्वपूर्ण रहेको यूएसएड अन्तर्गत तयार नेपालको चीफ अफ पार्टी त्यामी ह्यारिसले बताइन् ।

भारत सरकारको झण्डै दुई खर्ब ऋण सहयोगमा विभिन्न विकास परियोजना सञ्चालन

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले भारत सरकारको १.६५ अर्ब अमेरिकी डलर (करिव दुई अर्ब रुपैयाँ) ऋण सहयोगमामा विभिन्न पूर्वाधार विकास परियोजना सञ्चालनमा रहेको जनाएको छ । यो सबै सहयोग भूकम्पपछिको पुनर्निर्माण खर्च भइरहेको दूतावासले जनाएको हो । भारतीय उक्त ऋण सहयोगमा केही परियोजना सम्पन्न भइसकेको र केहीको कार्य भइरहेको दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ […]

गंगामा मोदीको डुबुल्की

काठमाडौं, मंसिर २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसमा करीब ११ अर्ब रुपैयाँ बराबरको विकास परियोजना सम्पन्न भएको उपलक्ष्यमा गंगा नदीमा डुबुल्की मारेर स्नान गरेका छन् । गंगा नदीसँग जोडिएको विश्वनाथको मन्दिर र अन्य भवनहरु पुनर्निर्माण गर्ने परियोजना सम्पन्न भएकोमा मोदीले गंगामा डुबुल्की मार्नुका साथै विश्वनाथ मन्दिरमा पुजा अर्चना गर्नुभएको दृश्य पश्चिमा सञ्चार माध्यमले सम्प्रेषण […]

नेपाल बीआरआईको महत्त्वपूर्ण साझेदार हो : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को निर्माणमा नेपाल एउटा महत्त्वपूर्ण साझेदार रहेको बताएकी छिन् । सोमबार चिनियाँ दूतावासले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा राजदूत यान्छीले नेपालका महत्त्वपूर्ण विकास परियोजनाहरूमा चीनले सहायता गरिरहेको बताएकी हुन् ।विभिन्न क्षेत्रमा चीन–नेपाल द्विपक्षीय सहयोगले सकारात्मक प्रगति हासिल गरेको बताउँदै राजदूत यान्छीले चीनको सहायतामा काठमाडौँमा दरबार हाइस्कुल पुनर्निर्माण परियोजना सम्पन्न