नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को निर्माणमा नेपाल एउटा महत्त्वपूर्ण साझेदार रहेको बताएकी छिन् । सोमबार चिनियाँ दूतावासले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा राजदूत यान्छीले नेपालका महत्त्वपूर्ण विकास परियोजनाहरूमा चीनले सहायता गरिरहेको बताएकी हुन् ।विभिन्न क्षेत्रमा चीन–नेपाल द्विपक्षीय सहयोगले सकारात्मक प्रगति हासिल गरेको बताउँदै राजदूत यान्छीले चीनको सहायतामा काठमाडौँमा दरबार हाइस्कुल पुनर्निर्माण परियोजना सम्पन्न