विआरआईका नाममा चिनियाँ विस्तारवाद विरुद्ध काठमाण्डौंमा गोष्ठी

राष्ट्रिय एकता अभियानले शनिवार नयाँ वानेश्वर स्थित अल्फा हाउसमा चीनको महत्वकांक्षी योजना विआरआईका विषयमा विचार गोष्ठी सम्पन्न गरेको छ। ‘विआरआई विकास परियोजना की चिनियाँ विस्दावाद’ विषयक गोष्ठीमा वक्ताहरुले उक्त योजनाका विषयमा आ–आफनो ...

सम्बन्धित सामग्री

तालिम, गोष्ठीमै स्वास्थ्य सेवा विभागले गर्‍यो ५० करोड २७ लाख खर्च

१३ जेठ, काठमाडौं । स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ । महालेखाको ६१ औं प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय …

गोष्ठी र सेमिनारमा स्वास्थ्य सेवा विभागले गर्‍यो एक वर्षमै ५० करोड २७ लाख खर्च

स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५० करोड २७ लाख  १ हजार खर्च गरेको हो।

गोष्ठी र सेमिनारमा स्वास्थ्य सेवा विभागले गर्‍यो एक वर्षमै ५० करोड २७ लाख खर्च

स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५० करोड २७ लाख  १ हजार खर्च गरेको हो।

हेटौंडामा उत्पादित माछाको भुरा भारत निर्यात

बागमती । मकवानपुरको हेटौंडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारत निर्यात भइरहेको छ । नेपालसगँको सीमा क्षेत्रका भारतीय  किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले जनाएको छ ।  भारतीय किसानले बारा, पर्सा र रौतहटका किसानमार्फत राम्रो नश्लका सो भुरा लैजाने गरेको सम्बद्ध कर्मचारीले जनाए । प्राप्त जानकारी अनुसार १० लाखभन्दा बढी माछाका भुरा भारतमा जाने गरेको छ । त्यस्तै माछासमेत खरीदगरी भारतमा लैजाने गरेको बताइएको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्षको असार १० सम्म चार करोड ३५ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी विक्री वितरण गरिएको छ ।  केन्द्र प्रमुख सरोज यादवका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र विक्री बढ्दै गएको छ । विगतमा प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाको भुरा उत्पादन तथा विक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यस वर्ष माछा र भुराको उत्पादन वृद्धि गरिएको हो । त्यसका लागि कार्यालयमा भएका पोखरी मर्मत र सुधार गरिएको छ । केन्द्र प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निमार्णको कामलाई निरन्तरता दिइएको जानकारी दिए । यहाँ रहेको माछा फार्मबाट सात जातका विकासे माछा प्रजनन गरी भुरा विक्री गर्दै आइएको छ । हाल स्थानीय लोपोन्मुख सहर तथा गर्दीजातको रङ्गीन कोई कार्प माछा प्रजनन तथा विक्री वितरणको क्रममा छ ।  कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिश गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्पसहित सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई विक्री वितरण गरिएको छ । आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म वार्षिक रु पाँच लाखभन्दा बढी माछा र भुरा विक्रीबाट कार्यालयको राजस्व बढ्दै गएको छ । चालु आर्थिक वर्षमा उक्त केन्द्रले रु ३१ लाखभन्दा बढीको माछा र भुरा वितरण गरेको छ । साथै हेटौंडा र चितवनसहित २२ जिल्लामा पनि माछाका भुरा विक्री हुने गरेको छ ।  एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको शुरुआत गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठओटा जीर्ण पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताए ।     मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमुना र लिभफिश म्युजियम स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको प्रमुख यादवले जानकारी दिए । ‘आर्थिक वर्ष ०७५/७६ देखि प्राकृतिक जलाशय जातीय विविधतासम्बन्धी अध्ययन अनुसन्धानको क्रममा राप्ती नदी, श्यार्फु ताल, बागमती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी, कर्णाली नदी, बेगनास ताललगायत नदी तथा तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख राखिएको छ ।’ यसबाट ४५ प्रजातिका माछाका नमुना सङ्कलन गरिनाका साथै पानीको गुणस्तरसमेत जाँच गरिएको कार्यालयले जनाएको छ । ग्रासकार्प माछाको आहारको रूपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँसजस्तै नेपियर वर्षीम, केरा, सुडान, जै घाँसबाट माछाको आहारमा लाग्ने लागतको तुलनात्मक अध्ययन भइरहेको छ । जलीय विविधता एवम् प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको सामाजिक स्तरोन्नति र जीविकोपार्जनसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमजस्तै खोला नालामा स्थानीय जातका भुरा छाड्ने जनचेतनामूलक होर्डिङ बोर्ड, गोष्ठी, सभालगायत कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ । काठमाडौं तथा स्थानीय हेटौंडा बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले २०२४ सालमा स्थापित सो केन्द्रको समयसापेक्ष काम र नाममा परिर्वतन हुँदै आएको छ । उक्त केन्द्रअन्तर्गत ४७ दशमलव नौ हेक्टर जमिनमा माछा पोखरी छ । रासस

भ्रष्टाचारका स्वरूप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाइ भयाे : प्रमुख आयुक्त राई

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरूप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाइ भएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राईले भ्रष्टाचारको रकम भुक्तानी गोष्ठी वा अरु कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्र प...

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा आज अनामनगरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले काव्य गोष्ठीको आयोजना गरेको छ । महाकवि देवकोटाको व्यक्तित्व चर्चा, उहाँको ‘भिखारी’ शीर्षकको कविता वाचन र अन्य कविहरुका कविता वाचनसहित सम्पन्न गोष्ठीमा वरिष्ठ समालोचक प्रा डा बद्रीविशाल पोखरेलले महाकवि देवकोटालाई नयाँ पुस्ताले गहनरुपमा पढ्न र बुझ्न आवश्यक रहेको बताए । उनले तत्कालीन व्यवस्थाले उहाँलाई जनताका पक्षमा लागेका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट उपलब्ध हुनुपर्नै तलब सात महिनासम्म निकासा नभएका जस्ता पीडादायी...

होमस्टेका नाममा फैलिएको विकृति नियन्त्रण गर्न माग

सुर्खेत : होमस्टे संचालन कार्यविधि ल्याउन होमस्टे सञ्चालकहरूले सरकारलाई आग्रह गरेका छन्। होमस्टेका नाममा फैलिएको विकृति विसंगतिलाई नियन्त्रण गर्नुपर्ने होमस्टे सञ्चालकहरूले सरकारसँग माग गरेका हुन्।पर्यटन क्षेत्रको अंगका रुपमा रहेको होमस्टेको नाममा विकृति बढेको भन्दै उनीहरूले होमस्टेलाई कानुनी प्रक्रियामा ल्याउन माग गरेका छन्। सुर्खेतमा सम्पन्न भएको तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी पछि सुर्खेत घोषणापत्र जारी गर्दै उनीहरूले होमस्टेको नाममा विकृति ल्याउनेलाई दण्ड जरिवाना गर्न सरकारसँग माग

चुनावका नाममा आयोगको १० करोड खर्च

निर्वाचन आयोगले सबै जिल्लामा पैसा पठाएको थियो, एउटा जिल्लाले १० लाखसम्म खर्च गरिसकेका छन्, सबैभन्दा बढी रकम तालिम, गोष्ठी र बैठक भत्तामा खर्च भएको छ, त्यस्तै सञ्चार, इन्धन, सवारीसाधन तथा...

महालेखाले औँल्यायो प्रदेश २ मा बेथिति नै बेथिति

एक अर्ब ८२ करोड ५४ लाख रुपैयाँ बेरुजु, तालिम, गोष्ठी र परामर्शका नाममा करोडौँ खर्च महालेखापरीक्षकको कार्यालयको

छोरीको नाममा ५ वटा बिरुवा रोपे गाउँपालिकाले २५ हजार दिने

१०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सर्लाही स्थित २० वटै स्थानीय तहले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन्। कतै -याली गरे त कसैले स्त्री एवं प्रसुती रोग सम्बन्धी शिविर सञ्चालन गर्दै जिल्लामा विविध कार्यक्रमका साथ नारी दिवस मनाए। कतै महिला अधिकार सम्बन्धी अन्तरत्रिया एवं गोष्ठी आयोजना गरियो।