काठमाडौँ । सिद्धार्थ ईन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडाैँलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको छ ।
यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनी लिएको जनाएको छ ।