काठमाडौं (अस) । पहिलो लहरको कोरोना महामारीमा सामाजिक क्रियाकलापमा योगदान पुर्याएको निम्बसले दोस्रो चरणमा पनि स्वास्थ्य सामग्री राहतस्वरूप वितरण गर्ने भएको छ ।
कोरोना महामारी रहेर अग्र पंक्तिमा खटिइँदै आएका स्वास्थ्यकर्मी, संगठन, स्वयंसेवकलाई निम्बसले प्रोटेक्ट मास्क र स्यानिटाइजर सहयोगस्वरूप उपलब्ध गराउने भएको हो ।
कम्पनीले स्वास्थ्य सामग्री अति आवश्यक पर्ने स्थल अस्पताल, क्वारेन्टाइन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरू, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकायलगायतलाई प्राथमिकतामा राखेर यस कम्पनीले प्रोटेक्ट मास्क मास्क र स्यानिटाइजर वितरण गर्नेछ । सहयोगस्वरूप उपलब्ध गराइने यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवामार्फत सम्बन्धित स्थानमा पुर्याउनेछ । हालै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ र अप्ठेरोमा परेकाहरूलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकद्वारा सञ्चालित संगठन, मनकारीलाई मास्क वितरण गरिसकिएको कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले बताए ।