कम्पनी र मजदुर बीचको विवाद सम्बद्ध मुद्दाहरूमा सर्वोच्च अदालतबाट शृखलाबद्ध रूपमा कम्पनीहरूको विपक्षमा फैसला भइरहको देखिएको छ । मुद्दा फैसलाको क्रममा सर्वोच्च अदालतले केही नजिरहरूसमेत स्थापित गरको छ । व्यवसायीहरूले निरपेक्ष ‘हायर एन्ड फायर’ को नीति लागू हुनु पर्ने माग गरिरहेका बेला भएको यी फैसलाहरूको असर नयाँ बन्ने श्रम नीतिमा प्रतिविम्बित हुने देखिएको छ । सर्वोच्च अदालतबाट सबैभन्दा पछिल्लोपटक मुद्दा हार्नेरमा पेय पदार्थ पेप्सीकोला उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी वरुण वेभेरेज रहेको छ । सेल्स एक्जुकेटिभ रमेशभक्त श्रेष्ठलाई हटाएको विषयमा ०६४ साल असार १९ गते परकु मुद्दामा फागनु ४ गते फैसला गर्दै सर्वोच्चले कम्पनीलाई हराएर श्रेष्ठलाई पुनः स्थापित गरिदिएको छ । त्यसअगाडि माघ १९ गते अर्को बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (कोकाकोलाको उत्पादक कम्पनी) विरुद्ध सर्वोच्च अदालतले फैसला गरेको थियो ।
वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६