कोरोना भारइसको संक्रमण परीक्षणका लागि बाँके जिल्लास्थित भेरी अस्पतालमा सञ्चालनमा ल्याईएको पीसीआर प्रयोगशालामा र आरडीटी प्रविधिबाट हालसम्म ६६९ जनाको परीक्षण गरिएको छ ।
हालसम्म कोरोना परीक्षणका लाागि नमूना लिईएका ६६९ जना मध्ये ६६३ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
छजनाको रिपोर्ट आउन बाँकी रहेको जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रिपोर्ट आएकाहरु मध्येको हालसम्म सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।