धनकुटा– गाउँका हाटबजारमा दसैं चहलपहल सुरु भएको छ । धनकुटाको ग्रामीण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरूमा दसैं बजारको चलहपहल सुरु भएको हो । दसैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । पर्याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दसैं, तिहार नजिकिएसँगै बोका खसी र मासु […]