पुस्तक नपुग्दा पढाइ प्रभावित

रुकुम पूर्वका विभिन्न विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि आइतबारसम्म पाठ्यपुस्तक उपलब्ध नहुँदा पढाइ सुरु हुन नसकेको हो । जिल्लामा १ सय १६ वटा सामुदायिक विद्यालय छन् । कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक रुकुमकोट आइपुगेको बताइएको छ । तर, ती पनि विद्यालयसम्म पुग्न सकेका छैनन् ।

सम्बन्धित सामग्री

विद्यालयमा पुगे पाठ्यपुस्तक

यस वर्षको शैक्षिक सत्र सुरु हुन लाग्दा नै जिल्लाका सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । विगतका वर्षमा सबै सामुदायिक विद्यालयमा समयमा पाठ्यपुस्तक पुग्न नसक्दा पढाइ प्रभावित हुँदै आएकोमा यो वर्ष भने चैत मसान्तभित्रै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको जिल्ला शिक्षा समन्वय एकाइ पूर्वी नवलपरासीका प्रमुख रुद्र शर्माले बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले पालिकालाई समेत समयमै बजेट उपलब्ध गराएका कारण यो वर्ष जिल्लाका सबै सामुदायिक विद्यालयले पाठ्यपुस्तक पाएका र अब वैशाखको पहिलो हप्तासम्म सबै विद्यार्थीको हातमा पुस्तक पु¥याउने र दोस्रो हप्तादेखि पढाइ सुरु गरिने गरी आवश्यक परिपत्र गरिएको प्रमुख शर्माले बताउनुभयो ।

वार्षिक परीक्षा आयो पुस्तक आएन

काठमाडौं, फागुन १७ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ। कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– ३ मा […]

परीक्षा आउँदासम्म विद्यार्थीसँग पाठ्यपुस्तक छैन

धनगढी : नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्यो। तीन महिनामा पहिलो त्रैमासिक परीक्षासमेत सञ्चालन हुन्छ।तर, सुदूरपश्चिममा पाठ्यपुस्तकको अझै अभाव छ। हरेक वर्षजस्तै यस वर्ष पनि पाठ्यपुस्तकको अभाव भएको हो। जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि साउन १५ गतेसम्म सुदूरपश्चिममा पाठ्यपुस्तकको व्यवस्थापन हुन सकेको छैन।किताब नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएकाे धनगढीको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराज भट्टले बताए। ‘अहिलेसम्म विद्यार्थीको हातम

पाठ्यपुस्तक नहुँदा पढाइ प्रभावित

बैतडी : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भईसक्दा समेत जिल्लाका विद्यालयहरूमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जेठ १ गते नयाँ शैक्षिकसत्र सुरु भए पनि पनि पुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूको गुनासो छ।विद्यालय खुले पनि बैतडीमा पाठ्यपुस्तक अभावमा पठनपाठन सञ्चालन हुन नसकेको  केदारनाथ आधारभूत विद्यालयका शिक्षक शंकरराम ओडले बताए।  नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गरे पनि पाठ्यपुस्तक अभावमा पठनपाठन अघि बढाउन समस्या भएको उनले बताए। शिक्षा विकास तथा समन्

कागज नहुँदा २० लाख पुस्तक छाप्न बाँकी, मन्त्रालय निर्देशन दिनमै सीमित

काठमाडौं : नयाँ शैक्षिक सत्र शुरु भएको आज ९ दिन भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ को नयाँ शैक्षिक सत्र (पठनपाठन) यही जेठ १ गते नै थाल्ने निर्णय यसअघि गरिसकेको थियो। तर पुस्तक नै नभएपछि अहिले पढाइ प्रभावित बनेको छ।सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार १ करोड ७० लाख थान नयाँ पुस्तक छापिसकिएको छ भने अझै करिब २० लाख थान पुस्तक छाप्न बाँकी छ।पुस्तक छपाइमा ढिला हुनुको कारण जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले समयमा कागज

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा हुन्छ : शिक्षा सचिव कोइराला

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्।उनले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने बताएका हुन्।वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तहको निर्वाचनका कारण मतपत्र छाप्न प्राथमिकता दिनुपर्ने भएकाले पुस्तक छपाइलाई घटाएको उनले बताए।पाठ्यपुस्तक छपाइमा सरकारको लापरबाही, विद्यार्थीको पढाइ प्रभावितउ

दुर्गमका विद्याथीलाई न पुस्तक,न इन्टरनेट

पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र भएको छ । सुरुवातीदेखि नै विद्यालय पूर्णरूपमा बन्द छन् । जसका कारण लाखौ विद्यार्थीको पढाइ प्रभावित भएको छ । यद्यपि विद्यालयहरूले चाहेको खण्डमा विद्यार्थीका हातहातमा पुस्तक पु¥याउने सकिने अवस्था छ । तर, लाखौंको पुस्तक गोदाममा महिनौदेखि थन्किए पनि विद्यालयहरूले चासो नदिँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक […]

प्रधानमन्त्रीकी चेलीले नै पाइनन् पुस्तक

मुगु । जिल्लाभर प्रधानमन्त्रीकी चेली भनेर चिनिने माग्रीगाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामाले पाठ्यपुस्तक नपाउँदा पढाइ प्रभावित बनेको छ । मुगमकार्मारोङ गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत उनी गत वर्ष कक्षा १ मा ...