काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्।उनले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने बताएका हुन्।वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तहको निर्वाचनका कारण मतपत्र छाप्न प्राथमिकता दिनुपर्ने भएकाले पुस्तक छपाइलाई घटाएको उनले बताए।पाठ्यपुस्तक छपाइमा सरकारको लापरबाही, विद्यार्थीको पढाइ प्रभावितउ