धनगढी : नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्यो। तीन महिनामा पहिलो त्रैमासिक परीक्षासमेत सञ्चालन हुन्छ।तर, सुदूरपश्चिममा पाठ्यपुस्तकको अझै अभाव छ। हरेक वर्षजस्तै यस वर्ष पनि पाठ्यपुस्तकको अभाव भएको हो। जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि साउन १५ गतेसम्म सुदूरपश्चिममा पाठ्यपुस्तकको व्यवस्थापन हुन सकेको छैन।किताब नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएकाे धनगढीको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराज भट्टले बताए। ‘अहिलेसम्म विद्यार्थीको हातम